वीरगञ्ज महानगरद्वारा १० महिनामा करिब ४० करोड राजस्व सङ्कलन

काठमाडौं । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रुपैंयाँ राजस्व सङ्कलन गरेको छ ।

महानगरले गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा तीन करोड १८ लाख ९८ हजार २९ रुपैंयाँ बढी सङ्कलन गरेको हो । महानगरले गत आवको १० महिनामा ३६ करोड ६१ लाख ३६ हजार ९० रुपैंयाँ राजस्व सङ्कलन गरेको थियो ।

वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आवको बजेट पुसमा संशोधन गर्दै ७० करोड रुपैंयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य भए तापनि हालसम्म ४० करोड रुपैंयाँको हाराहारीमा मात्रै राजस्व सङ्कलन भएको जानकारी दिए ।आर्थिक मन्दीका कारण वीरगञ्जमा व्यापार घट्दा यसको प्रत्यक्ष असर राजस्व सङ्कलनमा परेको उनले बताए ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई चालु आर्थिक वर्षमा मालपोत कर ५० करोड रुपैंयाँ सङ्कलन गर्ने लक्ष्य रहेकामा त्यो प्राप्त गर्न कठिन हुने जानकरी दिए । ‘यो वर्ष घरजग्गा कारोबारमा ठूलो मन्दी आएकाले रु १३ करोड ९३ लाख ६२ हजार मात्रै सम्पत्ति कर(मालपोत) कर उठेको छ,’ उनले भने, ‘आन्तरिक राजस्व अपेक्षाकृत रुपमा सङ्कलन नहुँदा स्रोत जुटाउन दबाब बढेको छ ।’

महानगरले २४ शीर्षककमा आन्तरिक राजस्व वापत आम्दानी गर्दै आइरहेको छ । महानगरले यस वर्ष घरबहाल कर बापत चार करोड ९६ लाख ७५ हजार रुपैंयाँ आम्दानी गरेको छ भने पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर बापत भने दुई करोड सात लाख ९२ हजार रुपैंयाँ सङ्कलन गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स