जी ट्वान्टीका नेताहरू बहुराष्ट्रिय कम्पनीको पुँजीगत लाभकर घटाउन सहमत

काठमाडौं । विश्वका मुख्य आर्थिक शक्तिहरू सम्मिलित जी ट्वान्टी समूहका नेताहरू पुँजीगत लाभकरको दर घटाउन सहमत भएका छन् । इटालीको रोममा भेला भएका जी ट्वान्टीका नेताहरूले बहुराष्ट्रिय कम्पनीहरुको चासोलाई सम्बोधन गर्दै सो करको दर घटाउन सहमत भएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले बहुराष्ट्रिय कम्पनीहरूको कर कटौतीको प्रस्ताव राखेका थिए ।

उनीहरूले नाफामा १५ प्रतिशत भन्दा बढी कर नलगाउने सहमति गरेका हुन । कोभिड महामारी र जलवायु परिवर्तनको समस्या हल गर्ने विषयलाई पनि जी ट्वान्टीका नेताहरुले छलफलको एजेण्डा बनाएका छन् ।

जुन सन् २०२३ सम्म पूर्ण रुपमा कार्यान्वयनमा आइसक्ने छ । आजदेखि बेलायतको स्कटल्याण्डस्थित ग्लास्गो सहरमा सुरु हुने विश्व जलवायु सम्मेलन अघि आयोजित जी ट्वान्टी सम्मेलनबाट कर कटौतीको प्रस्तावमा सहमति गर्नुलाई विश्व अर्थतन्त्रलाई गति दिने कडीको रुपमा व्याख्या गरिएको छ ।

समूहका दुई सदस्य राष्ट्र चीनका राष्ट्रपति सी चिनफिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भर्चुअल माध्यमबाट जोडिएका थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स