बढ्यो घरजग्गा कारोबार, घरजग्गाबाट साढे ५७ अर्बभन्दा बढी कर असुली

काठमाडौं । पछिल्लो समय घरजग्गाको कारोबार अत्यधिक बढेको छ । भूमी व्यवस्था तथा अभिलेख विभागले गत आर्थिक वर्षमा ५७ अर्ब ६८ करोड ७ लाख रुपैयाँ कर असुली गरेको छ ।

गत वर्षमा विभागले संकलन गरेको राजस्व अघिल्लो आर्थिक वर्षकोभन्दा दोब्बर भएको विभागका प्रवक्ता गुरुदत्त सुवेदीले जानकारी दिए । ‘हामीले गत आर्थिक वर्षकोभन्दा डब्बल कर उठाएका छौं,’ उनले भने ‘कोरोना महामारी कै बीच राम्रो राजस्व उठेको छ ।’ अघिल्लो वर्ष जम्मा २८ अर्ब २८ करोडमात्रै उठेको थियो ।

विभागले घरजग्गा रजिष्ट्रेशन दस्तुर, सेवाकर, पुँजीगत लाभकर, वागमती सभ्यता कर, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्क र अन्य शुल्क उठाउने गरेको छ । विभागले उठाउने करमा वागमती सभ्यता कर वागमती वारि–पारि नगरपालिकालाई वागतमती प्रदेशले लगाएको हो भने मुख्य मन्त्री स्वच्छता अभियान कोष शुल्क प्रदेश नम्बर २ ले लगाएको कर हो ।

वागमती प्रदेशले वागमती वारि–पारिको जमिनमा ०.५ प्रतिशत वागमती सभ्यता कर लगाएको छ । हुन त विभागले उठाउने सबै कर संघ सरकारको मातहतमा पर्दैन । यी सबै कर संघभन्दा तल्लो तहमा जाने कर हो ।

विभागले गएको आवमा रजिष्ट्रेशन दस्तुरमा ३२ अर्ब ४७ करोड कर असुली गरेको छ भने ३ अर्ब ५७ करोड सेवाकर उठाएको छ । यो अवधिमा विभागले १४ अर्ब ४१ करोड पुँजीगत लाभकर उठाएको छ ।

वागमती सभ्यता शीर्षकमा १ अर्ब ७७ करोड कर संकलन गरेको छ भने मुख्यमन्त्री स्वच्छता अभियान कोषमा ३८ करोड राजस्व संकलन भएको छ । अन्य शुल्कमा भने गत आर्थिक वर्षमा ३५ करोड राजस्व असुली विभागले गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स