कर छल्न माहिर एनसेलले सरकारलाई गुम्राहमा राखेर सेयर बिक्री गर्दा पर्यो फन्दामा

काठमाडौं । सेयर खरिद बिक्रीमा पुँजीगत लाभकर छलिका कारण पहिलानै विवादमा आएको एनसेल फेरि त्यहि प्रकरणमा मुछिएको छ । कर विवादका कारण सर्वोच्च अदालतमा मुद्दा विचारधीन रहेकै अवस्थामा एनसेल पछिल्लो पटक सेयर बिक्री गरेको प्रकरणले फेरि चर्चामा आएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेतले एनसेल आजियाटा लिमिटेडको सेयर स्वामित्व खरिद–बिक्री नेपालको विद्यमान कानुन र प्रक्रियाअनुसार भए–नभएकोबारे अध्ययन गरी निर्क्योल गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । उनले यस विषयमा छानबिन हुने समेत बताइसकेका छन् ।

आइतबार नै प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले एनसेल खरिद बिक्रीका विषयलाई लिएर नियमक निकाय नेपाल दूरसञ्चार प्राधिकरण, आन्तरिक राजस्व विभाग र कम्पनी रजिष्ट्रारको कार्यालयलाई ९ वटा प्रश्न सोध्दै तत्काल जवाफ पेस गर्न निर्देशन दिएको छ ।

यसअघि सेयर बिक्री गर्दा पुँजीगत लाभकर छलिको मुद्दाकै टुंगो नलागेको एनसेलले फेरि सेयर बिक्री गर्नु भनेको कानुनी व्यवस्थालाई मिच्नुको परकाष्ठा नै भएको चौतर्फी भनाइहरू आएका छन् । सेयर बिक्रीको अर्को पाटो हो अन्त्यन्तै कम मूल्य । यो विषय बाहिरी बजारमा आएको जस्तो साधारण नभइ गम्भिर भएको शंका सबैतिरबाट उब्जिएको छ ।

महालेखा परीक्षकको कार्यालयले ३० चैत २०७३ मा एनसेलबाट सरकारले ३५ अर्ब पुँजीगत लाभ कर असुल्नुपर्ने हिसाब निकालेको थियो। त्यसको तीन महिनापछि १३ असार २०७४ मा ठूला कर दाता कार्यालयले एनसेलले ६० अर्ब ७० करोड रुपैयाँ पुँजीगत लाभकर तिर्नु पर्ने गरी कर निर्धारण गरेको हो ।

त्यतिबेलानै ठूला करदाताको सिष्टमले एनसेलले सावाँ, ब्याज र हर्जना समेत गरी ७३ अर्ब कर तिर्नुपर्ने देखिएको थियो । एनसेलले अहिलेसम्म दुई पटक गरेर २३ अर्ब ५६ करोड रुपैयाँ तिरेको छ । पहिलो पटक २६ बैशाख २०७३ मा टेलियासोनेराका तर्फवाट नौ अर्ब ९६ करोड रुपैया लाभकर तिरिएको छ। त्यस्तै २१ जेठ २०७४ मा कर नपुगेको भन्दै एन सेलले १३ अर्ब ६० करोड तिरेको थियो । यो सहित एनसेलले सरकारलाई कुल ५७ अर्ब पुँजीगत लाभकर बुझाइ सकेको छ ।

अन्य कर अहिलेसम्म तिरेको छैन । सो सम्बन्धी मुद्दा अहिले पनि अदालतमा छ । अहिले फेरि नेपाल कमजोर सिष्टमको र कार्यशैलीको फाइदा उठाउँदै आफूले खरिद गरेको मूल्य भन्दा पनि कम मूल्यमा एनसेलको सेयर खरिद बिक्री भएको छ ।
८ वर्षअघि १ अर्ब ३६ करोड अमेरिकी डलर (त्यस बखतको १ अमेरिकी डलर बराबर १०५ रुपैयाँको विनिमय दरमा करिब १ खर्ब ४३ अर्ब रुपैयाँ) तिरेर खरिद गरेको रेनल्ड होल्डिङको सेयर आजियाटाले ५ करोड डलर ( हालको १ डलर बराबर १३३ रुपैयाँको विनिमय दरमा करिब ६ अर्ब ६५ करोड रुपैयाँ ) मा कसरी बिक्री गर्याे, किन बिक्री गर्यो भन्ने विषय भने महत्वपूर्ण हो ।

मलेसियन कम्पनी आजियाटाले स्पेक्ट्रलाइटलाई ६ अर्ब ६५ करोड रुपैयाँ (५ करोड डलर) मा बिक्री गर्ने जानकारी दिएको छ । स्पेक्ट्रलाइटले आगामी ६ महिनाभित्र ५० लाख अमेरिकी डलर र ४८ महिनाभित्र बाँकी रहेको ४ करोड ५० लाख डलर भुक्तानी गर्ने गरी सेयर बिक्री गर्न लागेको आजियाटाले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

विज्ञप्तीमा उल्लेख भएअनुसार आगामी दिनमा नेपालमा सिर्जना हुने सबै दायित्व स्पेक्ट्रलाइटको हुने र सन् २०२९ सम्म एनसेलको व्यवसायबाट हुने आम्दानीबाट आजियाटाले लाभांश लैजाने शर्त सहित सेयर बिक्री भएको हो । एनसेलले सम्पत्ति बिक्री वा अन्य तबरबाट प्राप्त गर्ने लाभमा समेत आजियाटाको दाबी रहने गरी सेयर खरिद बिक्री समझदारी भएको हो । अब एनसेलबाट आजियाटा बाहिरिदै गर्दा सेयर खरिद बिक्री अघि नै सिर्जना भएको दायित्व (पुँजीगत लाभकर) कस्ले तिर्ने भन्ने विषयको स्पष्टता छैन ।

यसका साथै एनसेलले आयकर ऐन ५७ अनुसारको कर विवादसमेत सर्वोच्च अदालतमा विचाराधीन छ । एनसेलले मुद्दा हारेमा ५७ अर्ब ९० करोडको साँवा र ब्याजसमेत सरकारलाई तिर्नुपर्छ । यसबाहेक एनसेलको करिब २३ अर्ब रुपैयाँ ऋणसमेत कम्पनीको नयाँ बोर्डले चुकाउनुपर्नेछ ।

सर्वोच्च अदालतलको कर तिर्नुपर्ने आदेशपछि नेपालमा केहि पुँजीगत लाभकर तिरेको एनसेलले नेपाल सरकारले कानुनविपरीत कर लगाएको दाबी गर्दै विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय लगानी विवाद समाधान निकाय (आईसीएसआईडी) मा क्षतिपूर्तिको माग गर्दै नेपाल सरकारविरुद्ध मुद्दा दायर गर्याे।

उद्यपि आईसीएसआईडीले गठन गरेको मध्यस्थता न्यायाधीकरणले २०८० जेठमा नेपाल सरकारको पक्षमा फैसला गरेपछि एनसेलले मागअनुसार क्षतिपूर्ति पाउन सकेन ।

मंसिर १५ गते आजियाटा समूहले एनसेलमा ८० प्रतिशत स्वामित्व रहेको रेनल्ड होल्डिङको सेयर बिक्री गर्न समझदारी गरेको हो । रेनल्ड होल्डिङको सेयर सिंगापुरमा व्यवसाय गर्दै आएका शतिशलाल आचार्यको यूकेमा दर्ता कम्पनी स्पेक्ट्रलाइटले कम्पनीले खरिद गरेको हो ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स