बालेन साहले दिए प्रत्येक वडा अध्यक्षलाई ८ करोड ६१ लाख बजेट, विनियोजित रकम संघीय सांसदकोभन्दा बढी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफ्ना वडा अध्यक्षहरूलाई संघीय सरकारले सांसदलाईभन्दा बढी रकम दिएका छन् । मेयर बालेख साहले प्रत्येक वडालाई ८ करोड ६१ रुपैयाँ बजेट पर्ने गरी बजेट विनियोजन गरेका हुन् । मेयर साहले महानगरका लागि आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दा केही योजना तथा कार्यक्रम वडा तहबाट नै सञ्चालन गर्ने गर सो रकम विनियोजन गरेका हुन् ।

आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दा उनले केही योजना तथा कार्यक्रम वडा तहबाट नै सञ्चालन गर्ने गरी २ अर्ब ७५ करोड ५३ लाख ७४ हजार रुपैयाँ विनियोजन गरिएको छ । काठमाडौ महानगरपालिकामा जम्मा ३२ वटा वडा छन् । सो वडालाई विनियोजित बजेट भाग बण्डा गर्दा प्रत्येक वडालाई ८ करोड ६१ लाख रुपैयाँ बजेट पर्ने भएको छ । संघीय सरकारले भने प्रत्येक सांसदलाई ५ करोडका दरले बजेट उपलब्ध गराउने बजेटमार्फत घोषणा गरेको छ ।

बजेटमा भनिएको छ ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १२ मा व्यवस्था भएको वडा समितिको काम, कर्तव्य र अधिकारलाई अझ प्रभावकारी र नागरिकमैत्री हुने गरी प्रचलन गराउन केही योजना तथा कार्यक्रम वडा तहबाट नै सञ्चालन हुने गरी कुल २ अर्ब ७५ करोड ५३ लाख ७४ हजार रकम विनियोजन गरेको छु ।’

संघीय सरकारले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको नाममा प्रत्येक सांसदलाई ५ करोड रुपैयाँ बजेट दिने गत जेठ १५ मा अर्थमन्त्री प्रकाशशरण महतले पेस गरेको संघीय बजेटमा उल्लेख गरिएको थियो । सो बजेटको विषयलाई लिएर अर्थमन्त्री डा. महत जतातनै स्पष्टिकरण दिँदै हिडेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स