महानगरपालिकाले बढायो करको दायरा, अब फनपार्क, होष्टेल, मेकअप स्टुडियो, ट्याटु हाउसले कति तिर्नुपर्छ कर ?

काठमाडौं । काठमाडौं महानगरले विभिन्न नयाँ चार क्षेत्रलाई करको दायरमा ल्याएको छ । महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐनमार्फत् चार नयाँ क्षेत्रलाई करको दायरामा ल्याएको हो ।

महानगरले पर्यटन तथा मनोरञ्जन क्षेत्र अन्तर्गत फनपार्क, होष्टेल, मेकअप स्टुडियो, ट्याटु हाउस लाई करको दायरमा ल्याएको हो । यसअघि पर्यटन तथा मनोरञ्जन क्षेत्र अन्तर्गत २९ वटा क्षेत्र तोकिएको भएपनि अब बढाएर ३३ सम्म क्षेत्र कायम गरिएको हो ।

अब नयाँ व्यवस्था अनुसार ५० जना सम्मको होस्टेलल ३ हजार, ५० जनाभन्दा बढी भएको ५ हजार, मेकअप स्टुडियोका लागि ३ हजार र ट्याटु हाउसका लागि द्द हजार रुपैयाँ राजस्व तोकेको छ ।

यस्तै, फनपार्कलाई पनि करको दायरामा ल्याइएको छ । पाँच रोपनी सम्म क्षेत्रफल भएको फनपार्कका लागि १० हजार, दश रोपनी सम्म क्षेत्रफलमा फैलिएकोका लागि २० हजार र दश रोपनी भन्दा बढी क्षेत्रफलमा फैलिएको फनपार्कका लागि ३० हजार रुपैयाँ राजस्व निर्धारण गरिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स