रामकृष्ण श्रेष्ठलाई करका दर चलाउन नियुक्त गरेको होइन, हामीले पास गरेको कुरा उनले टाइपमात्रै गरेका हुन्ः अर्थमन्त्री डा.महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट निर्माणका क्रममा करका दर परिवर्तन गर्ने क्रममा बाहिरका मान्छेको संलग्नता नरहेको बताएका छन् । पूर्व नासु रामकृष्ण श्रेष्ठलाई आफूभन्दा अगाडिकै अर्थमन्त्रीले नियुक्त गरेको भन्दै डा.महतले भने बजेट निर्माणका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मंगलबार अर्थमन्त्री महतले भने, ‘गोप्य कोठामा आधिकारिक व्यक्तिहरूमात्रै बसेर करको दायरा के गर्ने, संशोधन गर्ने, हटाउने, बढाउने, यथावत राख्ने विषयको निर्णय गरेका छौं ।’

बजेट टाइप गर्न प्रयोग गरिएका रामकृष्ण श्रेष्ठलाई करका दर चलाउन प्रयोग नगरिएको र उनले करहरु लेख्ने काम मात्रै गरेको बताएका हुन् । त्यसमा पनि आफूले अर्थ सचिव, राजश्व सचिव, आन्तरिक राजश्व विभागका महानिर्देशक, भन्सार विभागका महानिर्देशक र आफूले नै करका दरहरू तय गरेको पनि दाबी गरे । ‘निज रामकृष्ण श्रेष्ठलाई नियमानुसार नै बजेट लेखनमा समावेश गरेको हुँ, करका दरहरु हामीले नै चलाएका हौं, रामकृष्ण श्रेष्ठले प्रणालीमा प्रविष्ट गराएका मात्रै हुन’, डा. महतले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै भनेका छन् ।

‘उहाँ अनुभवी, दक्ष, इमानदार भनेर परिचित व्यक्तित्व हुनुहुँदो रहेछ । सम्बन्धित अधिकारीले आधिकारिक रूपमा निर्णय भएको करका दरदेखि लिएर संशोधन आदि इत्यादि जे छ, निर्णय प्रक्रियामा बसेका पदाधिकारीको आदेशमा उहाँले वर्षौंदेखि लगायतार गर्दै आउनुभएको रहेछ । त्यसै प्रयोजनको लागि मभन्दा अगाडिको अर्थमन्त्रीले नियुक्ति गरेका हुन् ।

प्रमुख प्रतिपक्षी एमाले सहितका दलहरूले करका दर परिवर्तन र निर्धारण गर्ने क्रममा अनधिकृत व्यक्तिहरूलाई प्रवेश गराएको भन्दै संसद प्रश्न उठेको थियो । एमाले, रास्वपा र राप्रपाले संसदीय छानबिन समिति गठनको माग पनि गरेका थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स