सेयर कारोबारमा आएको नीतिगत परिवर्तनलाई सूचना निकालेरै प्रष्टायो आन्तरिक राजस्व विभागले(सूचनासहित)

काठमाडौं । आन्तरिक राजस्व विभागले धितोपत्र कारोबारवाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पूँजीगत लाभ कर अन्तिम हुने कानूनी व्यवस्थामा कुनै परिवर्तन नभएको जनाएको छ । विभागले आर्थिक विधेयक, २०८० को दफा २९ लाई थप प्रष्ट पारेको हो ।

आर्थिक विधेयक २०८० को दफा २९ बमोजिम धितोपत्रको नियमित व्यवसायिक कारोबार गर्ने प्राकृतिक व्यक्तिलाई प्रदान गरिएको छुट सुविधाका सम्बन्धमा सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुमा केही द्विविधा उत्पन्न भएको छ ।
विभिन्न माध्यमबाट जानकारीमा आएको साथै नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघद्वारा जारी संयुक्त प्रेस विज्ञप्ति समेत प्राप्त हुन आएकोले थप स्पष्ट पारिएको विभागले जनाएको छ ।

’नियमित व्यवसायको रुपमा नभई पटके रुपमा लगानी गरेको धितोपत्र बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको छ । मन्त्रिपरिषदले पारित गरेको, बजेट बक्तब्य, आर्थिक विधयेकमा उल्लेख भएको र संसदको सम्पति बनिसकेको दस्तावेजमा उल्लेख भएको कुरा आन्तरिक राजश्व विभागको बक्तब्यले काट्न सक्दैन ।

पूँजीगत लाभकर बढाएको भन्दै लगानीकर्ताहरुले बिहीबार कमलपोखरीमा जम्मा भएर विरोध गर्दैछन् । त्यसलाइ रोक्ने उदेश्यले विभागले यस्तो सूचना जारी गरेको लगानीकर्ताहरुको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स