काठमाडौं । हिजो संघीय संसदको दुबै सदनमा पेश भएको आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा आर्थिक विधेयकको बुँदा नम्बर २९ मा उल्लेख गरिएको विषयप्रति लागनीकर्तामा अन्योलता छाउँदा आज पुँजी बजार व्यापक घटेको छ । बजेटपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. प्रकाशशरण महतले हामीले पुँजी बजारका लागि अहिल हुने कुनै पनि काम गरेका छैनौ र गर्ने पनि छैनौ, हाल तिर्दै आइरहेको करमा कुनै पनि किसिमको वृद्धि नगरिएको बताएका छन् । र लगानीकर्तामा भएको अन्योलतालाई प्रष्ट पार्नका लागि निकट समयमै लगानीकर्ताका संघ संगठनहरूसँग छुट्टै भेटघाट गरि मार्केटमा भएको भ्रम र वास्तविकतालाई उजागढ गर्ने अर्थमन्त्री डा.महतले सो अवसरमा बताए ।
सोही विषय सम्बोधन गर्न अर्थमन्त्री महतले आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीलाई अहराएका थिए । सोही अवसरमा उनले यस विषयमा विगतमा भइ आएको विषयलाई पुनःताजकी गरि ४० लाख भन्दा माथि बढि आय भएकाले ‘डे फो’ फो विवरण भरि कर बुझाउने पर्ने प्रावधान थियो । सो नगरेका लगानीकर्ताको लागि अहिलेको यो व्यवस्थाले अझ सहज बनाएको छ । किन भने आव २०७६/०७७ देखि २०८० साल चैत मसान्तभित्र कर दाखिला गरेमा सोमा लाग्ने कर तथा ब्याज मिनाहका साथै अहिलेसम्म कारोबार गर्दा भएको घाटा लागनीकर्ता स्वयम्ले व्यहोर्नुपर्ने थियो । नाफाको मात्रै कर तिर्नुपर्ने थियो ।
नयाँ व्यवस्थाअनुसार घाटा समायोजन गरी लगानीकर्ताले ६ लाखसम्म आयको १ प्रतिशत र सोभन्दा माथिको आयमा सम्पूर्ण घाटा मिलान गरी खुद नाफाको मात्र ‘डे फो’ विवरण भरि आयकर तिर्ने व्यवस्था गरिएको हो । जसले लगानीकर्ताले आफ्ना लागनी नाफा वा घाटामा कर तिर्न नपर्ने व्यवस्था कायम भएको छ । यदि विगतमा तिरिएको कर घाटामा भएको देखिन आएमा त्यो कर फिर्ता गर्ने तथा समायोजन गर्ने व्यवस्था गरिएको छ । जुन दीर्घकालीन लगानीकर्ताको लागि धेरै नै सुविधापूर्ण व्यवस्था हो । अझ भन्ने हो भने राज्यले सहजीकरण गरिदिएको छ ।
अब पुँजी बजारमा लागनीकर्ता र छोटो कारोबारीलाई दिइने सुविधामा पनि पुर्नविचार गरिने कुरा महानिर्देशक मैनालीले उल्लेख गरे । नबुझिकन सम्पूर्ण लगानीकर्तालाई सामाजिक सञ्जालको हल्लाको भरमा कारोबार नगर्न सुझाव दिएका छन् । लगानीकर्तालाई विगतमाभन्दा अबका दिनमा हामीले सुविधाने दिन खोजेका छौं, पुँजी बजारमा गरेको लगानीको प्रत्याभूति दिनको लागि लगानीकर्तालाई यस्तो व्यवस्था गरिएको हो ।
साथै महानिर्देशक मैनालीले लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट सेयरधितो कर्जा वापत तिरेको ब्याज किस्तालाई खर्चको रुपमा दाखिला गर्न पाउने व्यवस्था समेत भएको हुनाले यो लगानीकर्ताको लागि कुल प्रोफिटको आयकर तिर्नका लागिमात्रै व्यवस्था गरिएको छ । विगतमा जस्तो घाटामा कर तिर्नुपर्ने अवस्था छैन ।
यसरी कर दाखिल गर्ने प्राकृतिक व्यक्तिको त्यसभन्दा अघिल्ला वर्षहरूको कर, शुल्क तथा ब्याज मिनाहा हुनेछ । व्यवसायको रुपमा कुनै प्राकृतिक व्यक्तिले कारोबार गरेको छ भने उसले आम्दानी र खर्च के भएको छ ? कुनै सेयर बिक्री गर्दा नोक्सान भएको हुनसक्छ । कुनै नाफामा हुनसक्छ । बढेको समयमा कर तिरेको हुन्छ । बजार तल आएका बेला बेचेको हुन्छ । राखी राख्ने भन्ने हुँदैन ।
यो नबुझेर नै लगानीकर्ता त्रसित भएको हामीले बुझेका छौं । हामी छिट्टै यस विषयमा लगानीकर्ताका सरोकारवालालाई छलफलमा डाकी निष्कर्षमा पुग्नेछौं । जुन लगानीकर्ताको अहितमा हुने छैन । लगानीकर्ताको लगानीको प्रत्याभूति राज्यले अवश्य गर्नेछ ।