अर्थमन्त्री डा. महतको उल्टो नितिले सर्वसाधारणले चढ्ने सवारीको कर बढ्यो, ठूलालाई राहत( कुनमा कति ?)

काठमाडौं । विद्युतीय सवारी साधनमा यो वर्ष पनि करको भन्सार दर र अन्तःशुल्क दर हेरफेर गरेको छ । विद्युतीय सवारीसाधनको करको दर हेरफेर गरेर अर्थमन्त्री महतले विवादास्पद नीति अघि सारेका हुन् ।

अर्थमन्त्री डा.महतले आम उपभोक्ताले प्रयोग गर्ने ५० देखि १०० किलोवाट क्षमताको विद्युतीय सवारीको कर महँगो गरिदिएका छन् भने त्यसभन्दा बढी क्षमताका विद्युतीय सवारीसाधनको कर घटाइदिएका छन् ।

चालु आवमा तत्कालीन प्रधान्मन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले विद्युतीय सवारी साधनको भन्सार दर र अन्तःशुल्क बढाएका थिए । तर, यो वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशशरण महतले सर्वासाधारणले चढ्ने १०० किलोवाट भन्दा बढी क्षमताका गाडीमा भन्सार दर र अन्तशुल्क घटाएका हुन् ।

अर्थमन्त्री महतले ५० देखि १ सय किलोवाट क्षमताको विद्युतीय सवारीको भन्सार महसुल ५ प्रतिशत बढाई १५ प्रतिशत पु¥याएका छन् भने १० प्रतिशत अन्तःशुल्क पनि थप गरिदिएका छन् । त्यसभन्दा माथिको क्षमताका विद्युतीय सवारीमा भने भन्सार महसुल र अन्तःशुल्क घटाइदिएका छन् । यसले तल्लो वर्गका उपभोक्तालाई मार, माथिल्लो वर्गका उपभोक्तालाई सहुलियत दिन खोजेका छन् ।

सरकारले गत वर्ष १०० किलोवाटसम्मको विद्युतीय सवारी साधनमा १० प्रतिशत भन्सारबाहेक अन्य शुल्क नलाग्ने व्यवस्था गरेको थियो । यो वर्ष भने ५० किलोवाट सम्मको क्षमताको सवारीले मात्रै उक्त सुविधा पाएका छन् । गत वर्ष ० देखि १०० किलोवाट सम्मका गाडीलाई एउटै भन्सार दर भएकोमा यो वर्ष ०–५० सम्मलाई १० प्रतिशत र ५० देखि १०० किलोवाट क्षमताका गाडीको भन्सार महसुस १० प्रतिशतबाट बढाएर १५ प्रतिशत बनाएको छ ।

यो वर्ष ५० देखि १०० किलोवाट सम्मका गाडीमा भन्सार महसुस ५ प्रतिशत वृद्धि भए पनि अन्तःशुल्कमा दिइएको छुट भने यथावत छ । सरकारले यो वर्ष ० देखि १०० किलोवाट क्षमताका गाडीमा अन्तशुल्क लिएको छैन । ५ प्रतिशत भन्सार वृद्धि हुँदा मूल्य अभिवृद्धि कर सहित ५.६५ प्रतिशत लागत बढ्छ ।

सरकारले गत वर्ष १०० किलोवाटभन्दा बढीको तर २०० किलोवाट ननाघेको कार, जीप र भ्यानको भन्सार महसुल ३० प्रतिशत कायम गरेको थियो । यो आवमा भन्सार दर १५ प्रतिशत बनाएको छ ।

सरकारले यो वर्ष अन्तशुल्क पनि घटाएको छ । गत वर्ष उक्त सवारी साधनको अन्तशुल्क ३० प्रतिशत तोकेको थियो । सरकारले यो वर्ष २० प्रतिशतले घटाएर १० प्रतिशत मात्रै कायम गरेको छ ।

गत वर्ष २०० किलोवाटभन्दा बढीको तर ३०० किलोवाट ननाघेको कार, जीप र भ्यानको भन्सार दर ३० प्रतिशत ४५ प्रतिशत तोकेको थियो । यो वर्ष १५ प्रतिशतले घटाएर १५ प्रतिशत कायम गरेको छ ।

अन्तशुल्क भने १० प्रतिशतले घटेको छ । गत वर्ष सोही सवारी साधन आयातका लागि ३० प्रतिशतदेखि ४५ प्रतिशतसम्म अन्तशुल्क लाग्थ्यो भने अहिले घटाएर २० प्रतिशत कायम गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स