१ करोडसम्म कारोबार गर्ने करदाताले ४/४ महिनामा कर बुझाउन पाउने

काठमाडौं । सरकारले साना करदातालाई सुविधा दिने नीति ल्याएको छ । आगामी आर्थिक वर्षको बजेटमा सरकारले मूल्य अभिवृद्धि करमा दर्ता भई वार्षिक एक करोड रूपैयाँसम्मको कारोबार गर्ने करदाताले अबदेखि चार/चार महिनामा पेश गर्ने व्यवस्था गरेको छ ।

यस अघि हाल हरेक महिना कर र सोको विवरण पेस गर्ने व्यवस्था थियो । कर सहभागिता लागत र समय घटाई साना करदातालाई सुविधा दिने व्यवस्था सरकारले ल्याएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स