सुस्तायो पुँजी बजार, घट्यो लाभकर, सवा १० अर्बभन्दा बढीको राजस्व २ अर्ब पनि नपुग्ने छाँट

काठमाडौं । चालु आर्थिक वर्षमा सेयर बजार कारोबार ध्वस्त हुँदा यसको प्रत्यक्ष असर राजस्व संकलनमा परेको देखिएको छ । चालु आर्थिक वर्षको ८ महिना बित्दा सेयर बजारबाट पु्ँजी निर्माण हुँदा आम लगानीकर्ताले तिर्ने पुँजीगत लाभ कर घटेको हो । यस आर्थिक वर्षमा आम लगानीकर्ताको पुँजी करिब १६/१७ खर्बले घट्दा १ खर्ब ७५ अर्ब ३६ करोड रुपैयाँमात्रै सरकारले लाभकर पाएको छ । जबकि गत आर्थिक वर्षको पहिलो दुई महिना साउन र भदौमा ५ अर्ब ८५ करोड रुपैयाँभन्दा बढी यस्तो कर सरकारले प्राप्त गरेको थियो ।

असोजपछि क्रमश घट्न थालेको पुँजी बजार माघ महिनामा केहि राम्रो हुने छाँट देखिएपनि फागुनदेखि पुनः घटेर बजारै तल्लो विन्दुमा ओलिएको थियो । तै पनि पहिलो २ पहिनामा भएको कारोबारले राजस्वलाई राम्रै टेवा दिएको थियो ।
गत आर्थिक वर्षभरिमा सरकारले १० अर्ब ३५ करोड रुपैयाँ पुँजीगत लाभकर उठाएको थियो । तर, यो आर्थिक वर्ष लागेपछि बजार सुस्ताएको कारण अहिले राजस्वको ग्राफ घटेर तल ओलिएको छ । चालु आर्थिक वर्षको ८ महिनासम्म १ अर्ब ७५ करोड रुपैयाँमात्रै सरकारले लाभकर हासिल गर्न सकेको सीडीएस एण्ड क्लियरिङ हाउसको तथ्यांकले देखाएको छ ।

सीडीएससीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा संकलन गरेको पुँजीगत लाभकरमा छोटो समयका लगानीकर्ताले बढी लाभकर तिरेको देखिएको छ भने लामो समय लगानी गर्ने लगानीकर्ताले थोरै लाभकर तिरेको देखिएको सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पुर्ण प्रसाद आचार्यले बताए ।

चालु आर्थिक वर्षको तथ्यांकलाई हेर्ने हो भने छोटो अवधिका लगानीकर्ताले बढी लाभकर तिरेका छन् भने लामो अवधिकाले कम तिरेका छन् । अझ कर्पोरट लाभकर अझ तल झरेको छ । चालु आवको यो अवधिमा छोटो अवधिका लगानीकताृले १ अर्ब १ करोड ५६ लाख रुपैयाँ लाभकर तिरेका छन् भने लामो अवधिका लगानीकर्ताले ६० करोड ८९ लाख र कर्पोरेट लगानीबाट १२ करोड ९० लाख रुपैयाँमात्रै लाभकर सरकारले प्राप्त गरेको छ ।

‘हाल बजारमा छोटो समयका लागि ट्रेड गर्ने ट्रेडरहरू बढी देखिएका छन्,’ उनले भने ‘यस्तो अवस्था आउनु भनेको बजारमा स्थायित्व नहुनु हो । सेयर बजार तल ओर्लदा यसको असर राजस्वमा परेको छ ।’ गत वर्षको यो अवधिमा प्रशस्त राजस्व संकलन भएको थियो अहिले बजार सुस्ताउँदा राजस्व संकलनमा गिरावट आएको छ,’ उनले थपे ‘अब बजारले राम्रो भयो भने बाँकी अवधिमा पनि राम्रै राजस्व संकलन गर्न सकिन्छ ।’ छोटो समयको कारोबार बढ्नु भनेको बजारमा लगानीकर्ताभन्दा ट्रेडरहरू बढी हुुनु हो । त्यसैले पनि १ वर्षभन्दा कमको सेयर कारोबारबाट लाभकर बढी उठेको हो ।

बजारमा कारोबार बढ्दा राम्रो कर तिर्न सफल भएका लगानीकर्ता हाल कारोबार खुम्चिएको कारण पीडामा परेका छन् । उनीहरूले गरेको कारोबारबाटै सरकारले कर पाएको हो । यदि पुँजी बजार राम्रो भयो भने लगानीकर्ता स्वयमलाई त राम्रो हुन्छ नै यसका अलवा सरकारले पनि राम्रो ट्याक्स पाउँछ । बजारमा पैसा जाँदा अर्थतन्त्र नै चलायमान बनाउन सक्छ ।

जब मानिससँग पैसा हुन्छ तब बजारमा कुनै पनि वस्तुको डिमाण्ड बढ्ने हो । अहिले बजार खुम्चिएको अवस्थामा छ । मानिससँग पैसा नभएका कारणले यसको असर बजारमा देखिएको हो । सेयर बजारमा बुलिस ट्रेन देखिएको भए लगानीकर्ताको आत्मविश्वास बढ्थ्यो र उनीहरू थप लगानी गर्न प्रेरिण हुन्थे । राज्यलाई यत्रो कर तिर्दा पनि सरकारले भने अहिलेसम्म पुँजी बजार विस्तार र विकासका लागि उचित निर्णय गर्न सकेको छैन ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स