लक्ष्यको तुलनामा झन्डै ३१ करोड कम राजस्व संकलन

काठमाडौं । आन्तरिक राजस्व कार्यालय हेटौंडाले चालु आर्थिक वर्षको नौ महिनामा चार अर्ब चार करोड ३८ लाख रूपैंयाँ राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको राजस्व सङ्कलन लक्ष्य चार अर्ब ३५ करोड नौ लाख ४० रूपैंयाँ रहेकामा सो कार्यालयले उक्त अवधिमा चार अर्ब चार करोड ३८ लाख रूपैंयाँ राजस्व सङ्कलन गरेको जनाइएको छ । लक्ष्यको तुलनामा झन्डै ३१ करोड रूपैंयाँ कम राजस्व संकलन भएको हो ।

कार्यालयका सूचना अधिकारी अवधेशकुमार यादवका अनुसार कार्यालयले सो अवधिमा आयकरवापत ५८ करोड ५९ लाख २१ हजार रूपैंयाँ, घरवहाल करवापत एक करोड दुई लाख ८४ हजार रूपैंयाँ, ब्याज करवापत चार करोड ७३ लाख नौ हजार रूपैंयाँ, मूल्यअभिवृद्धि करवापत ६० करोड १६ लाख १३ हजार रूपैंयाँ, स्वास्थ्य करवापत ४२ करोड १३ लाख ५२ हजार रूपैंयाँ तथा शिक्षाकरवापत चार हजार रूपैंयाँ राजस्व सङ्कलन भएको जानकारी दिएको छ ।

बजार व्यवसायमा आएको कमी, उद्योगहरूको उत्पादन, बिक्री घट्नु र विकास निर्माणका कमीले लक्ष्यअनुसार राजस्व सङ्कलनमा कमी आएको जनाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स