नयाँ अर्थमन्त्री लक्षित राजस्व उठाउन उत्रिए मोर्चामा, दैनिक राजस्व संकलनको ग्राफ पठाउन निर्देशन

काठमाडौं । राजस्व संकलनभन्दा १ खर्बभन्दा बढी खर्च भएको देखिएपछि अर्थमन्त्री विष्णु पौडेलले भन्सार विभागका महानिर्देशक चक्र वहादुर बुढालाई दैनिक राजस्व संकलनको ग्राफ मन्त्रालयमा पठाउन निर्देशन दिएका छन् । लक्षित राजस्व उठन नसकेर राज्य सञ्चालनमा नै समस्या आउने देखेपछि अर्थमन्त्री पौडेलले राजस्व संकलनको ग्राफ जठाउन निर्देशन दिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

मंसिर महिनासम्म भन्सारले अर्थ मन्त्रालयबाट पाएको लक्ष्यभन्दा १ खर्ब कम राजस्व उठाएको छ । अर्थले भन्सार विभागलाई पुस महिनामा ५८ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएकोमा पुुस १९ गतटेसम्म जम्मा साढे १९ करोड रुपैयाँमात्रै राजस्व संकलन गरेको छ ।

मंसिर महिनासम्म भन्सारले २ खर्ब ५७ अर्ब राजस्व संकलनको लक्ष्य पाएकोमा जम्म १ खर्ब ५७ अर्बमात्रै राजस्व संकलन गरेको छ । चालु आवमा भन्सार विभागलाई ६ खर्ब ६८ अर्ब राजस्व संकलन गर्न अर्थ मन्त्रालयले लक्ष्य दिएको छ । सो कारण सरकारी खर्चमा समेत चाप सिर्जना भएपनि नवनियुक्त अर्थमन्त्री पौडेलले दैनिक ग्राफ नै मन्त्रालयमा रिपोटिङ गर्न निर्देशन दिएका हुन् ।

‘विभागलाई महसुल भन्सार महसुल उठन नसक्नुको कारण खोजी गरी यसको सुधारको लागि यथाशिग्र काम थालनी गर्न समेत निर्देशन भएको छ,’ अर्थ मन्त्रालय स्रोतले भन्यो ‘आवश्कता अनुसार अनुगमन टोलीलाई राजस्व छलि नियन्त्रणमा टोली परिचालन गर्न समेत निर्देश भएको छ ।’

चालु आर्थिक वर्ष लागेदेखि नै लक्षित भन्सार महसुल उठाउन नसकेपछि भन्सार राजस्वको लक्ष्य भेट्टाउन सामान जाँचपासको वर्गीकरण नै परिवर्तन गरिएको थियो । अन्य महिनामाजस्तै पुसको लक्षित राजस्व भेट्टाउन नसक्ने देखेपछि विभागले नीतिगत कडाइ गर्दै भन्सार जाँचपास वर्गीकरण प्रक्रिया नै परिवर्तन गरको थियो ।

भन्सार विभागले मालवस्तुको जाँचपास रातो(रेड), पहेंलो (एल्लो)र हरियो(ग्रीन) जोनबाट गर्ने गरेको छ । सबैभन्दा कम जोखिमयुक्त वस्तु ग्रीन जोनबाट जाँचपास हुन्छ भने केही जोखिम भएको वस्तु एल्लो र बढी संवेदनशील वस्तु रेड जोनबाट जाँचपास हुने गरेको थियो ।

विभागअन्तर्गतका कार्यालयले आशिकुडा प्रणालीमार्फत मालवस्तुको भन्सार जाँचपास गर्ने गर्दछन् । यसरी मालवस्तु जाँचपास गर्ने क्रममा कुनै वस्तुमा शंका लागेमा अर्थात राजस्व चुहावट भएको आशंका लागेमा जाँचपास वर्गीकरण परिवर्तन गर्ने गरेको विभागका सूचना अधिकारी पुण्य विक्रम खड्काले बताए ।

‘ग्रीन’ जोनबाट पास हुने मालवस्तुको सरल र सहज ढंगबाट जाँचपास गरिन्छ,’ उनले भने ‘अन्य एल्लो र रेड जोनका मालवस्तु भने चेकजाँच हुने गर्दछ ।’ ग्रीन जोनबाट आइरहेका वस्तुमा रिक्स देखियो भने विभागअन्तर्गतको जोखिम व्यवस्थापन इकाइले मालवस्तुको जोन परिवर्तन गर्ने गर्दछ । यो नियमित प्रक्रिया हो,’ उनले थपे ‘रिक्सको आधारमा भन्सारले मालवस्तुको जोन परिवर्तन गर्छ

परिवर्तित भन्सार जाँचपास वर्गीकरणअनुसार अहिले औद्योगिक कच्चा पदार्थलाई समेत रेड जोनमा भन्सार जाँचपास भइरहेको छ । विभागले मालवस्तु जाँचपासको क्रममा औद्योगिक कच्चा पदार्थ समेतलाई रातो सूचीमा राखेको छ । पहिला कम जोखिममा रहेको औद्योगिक कच्चा पदार्थ संवेदनशील सूचीमा राखेर जाँचपास गर्न थालिएको हो ।
कच्चा पदार्थको रुपमा कोइला, फलाम, काठ लगायत विविध सामाग्रीहरु भित्रिने गरेको छ । यस्ता वस्तुको नाममा फरक वस्तु राखेर भन्सार छली हुन थालेपछि विभागले यो रणनीति अख्तियार गरेको हो ।

औद्योगिक कच्चा पदार्थ आयातको नाममा फरक वस्तुहरू भित्रिन थालेको सूचनाको आधारमा रेड जोड जोनमा राखिएको हो । शंकास्पद जाँचपास गर्ने भन्सार एजेन्ट समेतलाई विशेष निगरानीमा राखेर जाँचपास गर्न थालिएको छ ।

भन्सार बिन्दुमा अहिले भेहिकल स्क्यानर मेसिन नहुँदा कर्मचारीले गाडीमा लोडेड सामान केही नमुना खोल्न लगाएर जाँचपास गर्नुपर्छ। विभागले पाँच ठूला भन्सार कार्यालयमा स्क्यानरको प्रयोग गर्ने भनिएकोमा ठेक्का प्रक्रिया सुरु भए पनि टुंगिएको छैन ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै भन्सार विभाग तथा भन्सार कार्यालय प्रमुखलाई भन्सार नाकामा कडाइ गर्न निर्देशन दिइसकेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स