भोलिदेखि आन्तरिक राजस्व विभागको जिम्मेवारी दीर्घराज मैनालीले सम्हाल्ने

काठमाडौं । आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनाली नियुक्त भएका छन् । हालसम्म सार्वजनिक ऋण व्यवस्थापन विभाग प्रमुख रहेका मैनालीलाई अर्थ मन्त्रालयले विभागको महानिर्देशकमा नियुक्त गरेको हो ।

विभागका महानिर्देशक रितेश शाक्यलाई अर्थ मन्त्रालय तानेर मैनालीलाई आन्तरिक राजस्व पठाएको हो। उनले मंगलबार (आज) नियुक्तपत्र बुझेको र बुधबारदेखि कार्यभार सम्हाल्ने हाम्रोअर्थलाई बताए। निर्वाचन अघिनै मैनालीलाई विभागको महानिर्देशक बनाउन निर्वाचन आयोगसँग मन्त्रालयले सहमति मागेको थियो। चुनावपछि उनलाई सो विभागको जिम्मेवारी दिइएको हो ।

यसअघि मैनालीले राजस्व विभाग प्रमुखको जिम्मेवारी सम्हालेका थिए । उनको कार्यकालमा विभागले उनले धेरै उपलब्धी मूलक काम गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स