पर्यटन क्षेत्रमा सर्वाधिक आयकर तिर्ने संस्था बन्यो मनकामना दर्शन

काठमाडौं । मनकामना दर्शन प्रा.लि. पर्यटन क्षेत्रमा सर्वाधिक आयकर तिर्ने संस्था बनेको छ । ११ औं राष्ट्रिय कर दिवसको अवसरमा मनकामना दर्शनलाई आर्थिक वर्ष २०७७/७८ मा पर्यटन क्षेत्र मध्य सबैभन्दा बढी आयकर दाखिला गरेबापत आन्तरिक राजश्व विभागले आज आयोजित एक कार्यक्रमबीच कम्पनी लाई सम्मान गरेको हो ।

बि.स .२०५५ साल मंसिर ८ गते देखि संचालनमा आएको नेपालकै पहिलो मनकामना केबलकारले हालसम्म १ करोड ७० लाख यात्रुहरूलाई केबुलकार सेवा प्रदान गरिसकेको छ भने यसै समूहको भातृ कम्पनी रिसोर्टस् बाई मनकामना केवल कार प्रा.लि. ले करीब ४८ करोड लागतमा मनकामनामा ४० कोठायूक्त सुबिधा सम्पन्न होटल तथा रिसोर्टको निमार्ण थालनी गर्दे छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स