शेखर गोल्छाले अर्थतन्त्र शिथिल भैसक्यो भन्दा अर्थ सचिव पुष्कर भने अत्तिनु पर्दैन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालको अर्थतन्त्र शिथिल भैसकेको बताएका छन् । आफ्नो ३० वर्षको उद्योग व्यवसायको अनुभवमा अहिले जस्तो अप्ठ्यारो कहिल्यै नपरेको उनले बताए ।

‘मंसिर १ देखि ७ गतेसम्म आन्तरिक राजस्व कार्यालयले गरेको कर सप्ताह कार्यक्रमको समापनमा उनले उक्त दुःख प्रकट गरेका हुन् । नीतिगत गलत निर्णयका कारण हामी यो ठाउँमा आएका हौं,’ उनले भने ।

अहिलेको समय एकले अर्कालाई दोस दिने नभएर हामी सबै सरोकारवाला एकै ठाउँमा उभिएर समस्याको समाधान खोज्नु पर्ने उनको भनाइ छ । जीडीपीमा करको रेसियो हेर्ने हो भने नेपाल दक्षिण एसियामै सबैभन्दा अगाडि देखिन्छ यसले के प्रस्ट सन्देश दिएको छ भने हामी नेपाली जनता कर तिर्न चाहन्छन् तर कर कहरले होइन रहरले तिर्ने वातावरण बनोस् भन्ने हाम्रो चाहना हो,’ उनले थपे ।

यस्तै राजस्व छानबिन निकायको काम पनि त्यति चित्तबुझ्दो नभएको उनले दुखेसो गरे । उद्योगी व्यवसायीले न्यायका निम्ती पटक पटक सर्वोच्च अदालत जानुपर्ने वातावरण बनाएको र त्यस्तो नगर्न समेत उनले आग्रह गरे । राष्ट्र बैंकको आकडा अनुसार मूल्यवृद्धि १० प्रतिशत बताएको र यर्थाथमा यो १० प्रतिशत भन्दा धेरै रहेको उनले ठोकुवा गरेका छन् । यस्तो अवस्थाका कारण सर्वसाधारणले जनजीवन जिउन निकै कठिन भएको बताएका छन् ।

सोहि कार्यक्रममा रहेका कृष्ण हरि पुष्करले पनि करदाताको प्रशंसा गर्दै देशको आर्थिक अवस्था प्रति नआत्तिन आश्वासन दिएका छन् । ‘कहिले कोभिड भन्छन्, कहिले इकोनोमिक सो तथा कहिले डाउन कहिले रसिया र युक्रेनको युद्ध यस्तो अवस्थामा पनि नेपाली करदाताले विचलित नभइकन कर तिरेकाले यसको प्रशंसा गरे ।

उनले नेपालको अर्थतन्त्रमा केहि प्रेसर अवश्य सिर्जना भएको तर आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताए । त्यस्तै राष्ट्र बैंकको बोर्ड सदस्य भएको नाताले उनले मूल्य वृद्धि र ब्याजदरमा आफूले गर्न सक्ने भुमिका र काम गर्ने जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स