राजस्व असुलीको प्रतिशत घट्दै

काठमाडौं । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८\७९मा कूल ४० अर्ब ४२ करोड ७७ लाख ७९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।सो अवधिमा कार्यालयले ४९ अर्ब ६५ करोड ९५ लाख चार हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्यमा ८१ दशमलव ४१ प्रतिशत मात्र प्रगति हासिल गरेको छ । कुनै पनि शीर्षकमा लक्ष्य हासिल गर्न नसकेको कार्यालयबाट निरन्तर प्रगति गुम्दै गएको पाइएको छ ।

कार्यालयले संलित राजस्वमा भन्सार महसुल १५ अर्ब ३२ लाख छ हजार रुपैयाँ मूल्य अभिवृद्धि कर २० अर्ब ८७ करोड ६७ लाख २९ हजार, रुपैयाँ अन्तःशुल्क दुई अर्ब ५७ करोड ७२ लाख २९ हजार रुपैयाँ र अन्यबाट एक अर्ब ९७ करोड छ लाख १६ हजार रुपैयाँ राजस्व संलन गरेको छ ।

आव २०७७\७८ मा कार्यालयले कूल ४० अर्ब ८१ करोड ९० लाख १३ हजार रुपैयाँ राजस्व संकलन गरी ८८ दशमलव ४५ प्रतिशत प्रगति हासिल गरेको थियो । सो अवधिमा कार्यालयले ४६ अर्ब १४ करोड ९५ लाख ८९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स