हिमाली जडीबुटीबाट १२ लाखभन्दा बढी राजस्व संकलन

मनाङ । औषधिका रूपमा प्रयोग हुने हिमाली जडीबुटी बिक्रीबाट १२ लाख ४० हजार २०० रूपैयाँ राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७७/७८ मा एक हजार ८४ किलोग्राम जडीबुटी बिक्रीबाट उक्त रकम संकलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)ले जनाएको हो ।

आर्थिक वर्ष २०७५/७६ को तुलनामा सुन्ना दशमलव ६३ प्रतिशतले यस आवमा कम राजस्व संकलन भएकोे एक्याप प्रमुख लेखनाथ गौतमले जानकारी दिए । कोभिड– १९ को सङ्क्रमणका कारण जङ्गली जडीबुटी संकलन गर्न नसकिएको उनको भनाइ थियो ।

जिल्लाको मुख्य आयस्रोतको रुपमा रहेको उच्च हिमाली घाँसे मैदानमा पाइने यार्चागुम्बा, गुच्ची च्याउ, वन लसुनलगायत बिक्रीबाट राजस्व संकलन हुँदै आएको छ । कोरोना सङ्क्रमण न्यूनीकरणका सहयोगी हुने यी जडिबुटी यस वर्ष जिल्लामै पनि निकै विक्री भएको छ ।

वन लसुनको प्रयोग सिटामोल बनाउन प्रयोग हुने गरेको छ । यसबाट ग्यास्टिक, ज्वरो र रुघाखोकी निको हुनाका साथै घाउचोटमा पनि उपयोगी मानिन्छ । गुच्ची च्याउ क्यान्सर, उच्च रक्तचाप, मुटुको रोग निरोधका लागि उपयोगी मानिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स