काठमाडौं । सरकारले चार पाङ्ग्रे सवारी साधन खरिद गर्नको लागि प्यान लिनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । अबदेखि चारपाङ्ग्रे सवारी किन्दा प्यान उल्लेख गर्नैपर्ने भएको हो ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।