यस्तो छ आगामी वर्षको लागि सरकारले गरेको करको व्यवस्था (आर्थिक विधेयकको पूर्णपाठ)

काठमाडौं । कर तथा राजस्व निर्धारण गरिएको आर्थिक विधेयक २०७९, पनि सार्वजनिक गरेको छ । सरकारले राजस्व दर तथा सीमा निर्धारण गरेको आर्थिक विधेयक सार्वजनिक गरेको हो ।

सरकारले बजेटसँगै आगामी आर्थिक वर्षको कर नीति सार्वजनिक पनि गरेको छ । आज अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा पेसको ‘आगामी आर्थिक वर्षको कर नीति’मा सुर्तीजन्य वस्तुको कर बढेको छ । सरकारले आयात हुने र स्वेदशमै उत्पादन हुने सम्पूर्ण प्रकारका सुर्तीजन्य उत्पादनमा स्वास्थ्य जोखिम कर बढाएको हो ।

उत्पादनमूलक उद्योगहरुले पैठारी गर्ने कच्चा पदार्थको भन्सार दर तयारी मालवस्तुको भन्सार दरभन्दा कम्तीमा एक तह कम गर्ने नीति अनुरुप त्यस्ता मालवस्तुको भन्सार महसुलमा केही परिमार्जन गरेका छ । साथै, बिलासिताका सामानहरुको आयातलाई निरुत्साहित गर्न भन्सार महसुल, अन्तःशुल्क लगायतका पैठारीमा लाग्ने करका दरमा बढोत्तरी गरेको गरेको छ ।

उद्योगलाई चाहिने मेसिनरी आयातमा छुट दिइएको छ भने क्यासिनोले तिर्नुपर्ने रोयल्टी समेत बढेको छ । अब क्यासिनोले वार्षिक ५ करोड कर बुझाउनुपर्ने छ भने आधुनिक मेसिनबाट खेलाइने खेलका लागि वार्षिक १ करोड रुपैयाँ कर बुझाउनुपर्ने छ ।

आर्थिक विधेयक , २०७९ अनुसूची १ सहित (भन्सारतर्फ) 2079.02.14 फाइनल10.19

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स