६ महिनामा १० अर्ब राजस्व संकलन, लक्ष्य भन्दा दुई प्रतिशत बढी

चितवन । आन्तरिक राजस्व कार्यालयले लक्ष्य भन्दा दुई प्रतिशत बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्षको पहिलो छ महिनामा ९ अर्ब ८४ करोड ८३ लाख ६७ हजार राजस्व संकलन गरेको हो ।

विभागले तोकेको नौ अर्ब ६५ करोड ५५ लाख १२ हजार लक्ष्यमा कार्यालयले १९ करोड २८ लाख ५५ हजार बढी राजस्व संकलन गरेको छ । कार्यालयका सूचना अधिकारी हरि ढकालका अनुसार अन्तःशुल्कमा सात अर्ब ४८ करोड ६२ लाख ७५ हजार, मूल्य अभिवृद्धि करतर्फ एक अर्ब आठ करोड छ लाख ५० हजार, आयकरतर्फ ९० करोड चार लाख ६२ हजार राजस्व संकलन भएको छ ।

यस्तै ब्याज करमा १५ करोड नौ लाख २६ हजार, वहाल करतर्फ तीन करोड २८ लाख पाँच हजार, स्वास्थ्य सेवा करतर्फ १९ लाख तीन हजार र शिक्षा सेवा शुल्कमा २४ लाख ९१ हजार संकलन भएको छ ।

ढकालका अनुसार विभागले चालू आर्थिक वर्षमा २१ अर्ब ७२ करोड २१ लाख ७९ हजार राजस्व संकलनको लक्ष्य तोकेको थियो ।अघिल्लो आर्थिक वर्षको पुससम्म कार्यालयले सात अर्ब ५१ करोड १६ लाख १९ हजार राजस्व संकलन गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स