जथाभावी पार्किङ गरे १० हजारसम्म जरिवाना, तोकिएको स्थानमा सवारी साधन नरोके पनि कारवाहीमा

काठमाडौं । काठमाडौं महानगरले जथाभावी सवारी साधन गरे १० हजारसम्म जरिवाना गर्ने भएको छ । उक्त ऐन अनुसार महानगरले अनाधिकृत स्थलमा सवारी साधन पार्किङ गरेको पाइएमा १ हजारदेखि १० हजारसम्म जरिवाना गर्ने भएको छ ।

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १०२ को व्यवस्थाअनुसार काठमाडौं महानगरपालिकाले आर्थिक ऐन २०७८ जारी गर्दै कारवाही प्रक्रिाय अघि बढाएको हो । मोटरसाइकललाई १ हजार र तीन पाङग्रे सवारी साधनलाई २ हजार रुपैयाँ जरिवाना गर्ने भएको छ ।

१ हजार सीसीसम्मको सवारी साधनको २ हजार ५ सय, १ हजार सीसीदेखि १५०० सीसीसम्मका लागि ५ हजार, १५०० देखि २२०० सीसीसम्मका साधनका लागि ७ हजार र २२०० सीसीभन्दा माथिका सबै सवारी साधनलाई १० हजार जरिवाना गर्ने भएको छ ।

सार्वजनिक सवारी साधन बिसौनी बाहेकका स्थानबाट यात्रु ओराल्ने वा चढाउने गरेमा र चालक तथा सहचालकले तोकिएको पोसाक नलगाएमा १००÷१०० रुपैयाँ जरिवाना गर्नेछ । तोकिएको स्थान बाहेक सवारी साधनले यात्रु ओराल्ने वा चढाउने गरेमा ४ सय रुपैयाँ जरिवाना लिने उल्लेख गरिएको छ

त्यस्तै महानगरले रुख बिरुवाको हाँगा भाँच्ने वा काट्ने तथा फुल टिप्ने वा पात चुँड्नेलाई १ हजार रुपैयाँ जरिवाना गर्ने भएको हो । बिरुवाका हाँगा भाच्नेलाई कारवाही स्वरुप जरिवाना गर्ने भएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स