२ अर्ब ४१ करोड मागदाबी गर्दै राजश्व छलीमा संलग्न ५ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजश्व छलीमा संगल्न ५ जना विरुद्ध करिब २ अर्ब ४० करोड ९८ लाख ३५ हजार ६४८ रुपैयाँ सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको छ ।

विभागले नागार्जुन नगरपालिका वडा नम्बर १, नर्सरीचोक स्थायी ठेगाना भएका आनसान इन्टरनेशनल प्रालिका संञ्चालक शोभाकान्त ढकाल, सरोज ढकाल, उमा कुमारी ढकाल, सान्टु श्रेष्ठ तथा उक्त संस्थाको लेखापरीक्षक तथा लेखापरिक्षण गर्ने फर्म राजेश्वर एण्ड कम्पनीका प्रोपराइटर राजेश्वर श्रेष्ठ विरुद्ध उक्त रकम बराकरबो सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको छ ।

विभागले उनीहरु विरुद्ध पुस २० गते उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

उक्त फर्मले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयूक्त, नक्कली तथा झुट्टा मूल्य अभिबृद्धि कर विवरण, बित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरी कारोबार नै नभएको देखाई अर्थात कारोबार शुन्य देखाई प्रचलित आयकर ऐन तथा मुल्य अभिबृद्धि कर ऐन तथा नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य गरेको विभागको ठहर छ ।

विभागका अनुसार उक्त फर्ममार्फत मुअकर तर्फ ४२ करोड २६ लाख ७ हजार ३५१ आयकर तर्फ ६८ करोड ४८ लाख २६ हजार ९७ र लाभासं तर्फ ९ करोड ७४ लाख ८४ हजार ३७६ रुपैयाँ समेत कुल विगो एक अबै २० करोड ४९ लाख १७ हजार ८२४ रुपैया कायम गरेको छ । विभागले निजहरुबाट विगो र विगोको शत प्रतिशत जरिवाना समेत २ अर्ब ४० करोड ९८ लाख ३५ हजार ६४८ रुपैयाँ तथा ३ वर्षसम्म कैद सजाय हुन माग दवी गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स