५२ करोड राजस्व छलिको आरोपमा १० जना विरुद्ध मुद्दा दायर

काठमाडौं । राजस्व छलि गरेको आरोपमा १० जना विरुद्ध करिब ५२ करोड रुपैयाँ बराबरको मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले ५१ करोड ८६ लाख ४२ हजार २५४ रुपैयाँ जरिवानामाग दावीसहित १० जना विरुद्ध मुद्दा दायर गरेको हो ।

विभागले बिहीबार र शुक्रबार दुई दिनको अवधिमा १० जना विरुद्ध उक्त रकम बराबरको सजाय माग दावीसहितको मुद्दा दायर गरेको हो ।

विभागले बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर ४ मा बस्ने लार्ज ट्रेड लिङ्क प्रालिका सञ्चालक अर्जुन प्रसाद पटेल, महालक्ष्मी नगरपालिका वडा नम्बर १ इमाडोल ललितपुर बसोबास गर्ने जग किशोर साह, सिराहा जिल्लाका रामपुर पिपरा बस्ने सुर्यजितप्रसाद साह र सर्लाही जिल्ला स्थायी घर भई हाल कागेश्वरी नगरपालिका वडा नम्बर १३ काँडाघारीमा बस्दै आएका तोयनाथ अधिकारी गरी ४ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरी ३६ करोड ७० लाख ४४ हजार ५७२ जरिवानको माग दावी गरेको छ ।

उक्त व्यक्तिहरूले सेवा तथा वस्तु खरिद नै नगरी झुठ्ठा तथा नक्कली मुल्य अभिवृद्धि कर र आयकरको राजस्व चुहावटमा संलग्न भएकाले मुद्दा दायर गरेको विभागले जनाएको छ ।

विभागकाअनुसार कसुर गरेको पुष्टि बमोजिममा मूल्य अभिवृद्धि करबापत ६ करोड १५ लाख ९६ हजार ९२७ रुपैयाँ, १ करोड ५४ लाख ५६७ रुपैयाँ लाभांस कर र १० करोड ६५ अर्ब २४ हजार ७१२ रुपैयाँ आयकर गरी १८ करोड ३५ लाख २२ हजार २८६ रुपैयाँ माग दावीसहित मुद्दा दायर गरेको छ ।

उक्त रकम बराबरको मागदाबीसहित जरिवाना हुने बिगो गरी ४ जना व्यक्तिलाई ३६ करोड ७० लाख ४४ हजार रुपैयाँ जरिवानाको मागदावी गरेको छ ।

विभागले पर्सा जिल्लाको विरगञ्ज उपमहानगरपालिका ७ बस्ने तुराहा सप्लायर्स प्रालिका सञ्चालक हरी नारायण साह तुराह, सिराहा विष्णुपुर गाउँपालिका २ स्थायी ठेगाना भएका हाल महालक्ष्मी नगरपालिका १ इमाडोलमा बस्ने किशो साह र सिराहा रामपुरका ९ मा बस्ने सुर्यजित प्रसाद साहलाई ४ करोड ३७ हजार ९६ हजार २४८ जरिवानाको माग दावीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको जनाएको छ ।

विभागले राजस्व चुहावटमा संलग्न भएकाले ९६ लाख ४५ हजार ६ सय मूल्य अभिवृद्धि कर, १५ लाख ४६ हजार ३१० रुपैयाँ लाभांस कर र १५ लाख ४६ हजार ३१० रुपैयाँ आयकर रकम गरी २ करोड १८ हजार ९८ लाख १२४ रुपैयाँ बिगो गरेको छ । साथै, सोही रकम बराबरको हुने बिगोसहित ४ करोड ३७ लाख ९६ हजार मागदावी गरेको छ ।

त्यसैगरी, विभागले शिवालय चोक पोखरा बस्ने छिरिङ ढुन्डु गुरुङले सम्पूर्ण बरामदित अमेरिकी डलर अवैध रुपमा सञ्जय तथा ओसारपसार गरेको कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

गुरुङबाट बरामद भएको अमेरिकी डलर १ लाख ९४ हजार २ सय ९नेपाली रुपैयाँ २ करोड ३२ लाख ७४ हजार १८०० दावीसहित अदालतमा मुद्दा दायर भएको हो ।

जसमा गुरुङमाथि बिगो २ करोड ३२ लाख ७४ हजार १ सय ८० रुपैयाँ र सोही रकम बराबरको जरिवाना हुने बिगो गरी ६ करोड ९८ लाख २२ हजार ५४० रुपैयाँ जरिवानाको मागदावी गरेको छ ।

साथै, विभागले शुक्रबार मात्रै नेपालगञ्ज–४ सेतुबिक चोक बस्ने आले भन्ने सैदापिया मिया र भारतको रुपैडिहा स्थायी ठेगाना भएका अमन मित्तललाई भन्सार चोरी पैठारी गरेका कपडाजन्य मालवस्तुहरू अर्काको फर्मको नक्कली बिजक छपाएर बिक्री वितरण गरेको कसुरमा नेपालगञ्ज तुल्सीपुरको उच्च अदालतमा मुद्दा दायर गरेको छ ।

विभागले सो २ व्यक्तिलाई १ करोड ८९ लाख ८९ हजार ४४७ रुपैयाँ बिगो र सोही रकम बराबरको जरिवाना हुने बिगो गरी ३ करोड ७९ लाख ७८ हजार ८९४ रुपैयाँको जरिवानाको माग दाबीसहित मुद्दा दायर भएको जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स