सुक्खा बन्दरगाह भन्सारबाट छ महिनामा २३ अर्ब ३४ करोड राजस्व संकलन

वीरगञ्ज (पर्सा) । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार राजस्व संकलन गरेको छ । कार्यालयले कूल वार्षिक लक्ष्यको ३८ दशमलव ८७ प्रतिशत मात्रै राजस्व संकलन गर्न सकेको हो ।

गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयको राजस्व संकलन एक अर्ब ४५ करोड ४१ लाख ७९ हजारले कमी आएको छ । कार्यालयले चालु आवको साउन महिनामा तीन अर्ब ७५ करोड २२ लाख राजस्व संकलन ग¥यो । त्यस्तै भदौ महिनामा चार अर्ब ६४ करोड ३० लाख, असोज महिनामा चार अर्ब ३६ करोड ४५ लाख, त्यस्तै कात्तिक महिनामा तीन अर्ब ७९ करोड २९ लाख राजस्व संकलन गरेको थियो ।

त्यस्तै मङ्सिर महिनामा तीन अर्ब २२ करोड ८४ लाख र पुस महिनामा तीन अर्ब ५६ करोड २१ लाख राजस्व संकलन गरेको थियो । कार्यालयले गत आवको छ महिनाको अवधिमा भने २४ अर्ब ७९ करोड ७४ लाख ९७ हजार राजस्व संकलन भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स