सुक्खाबन्दरगाह भन्सार : राजस्व संकलनमा कमी, ५ महिनामा उठ्यो पौने २० अर्ब राजस्व

वीरगञ्ज । वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा १९ अर्ब ७८ करोड ११ लाख २७ हजार राजस्व संकलन गरेको छ । कार्यालयले पाँच महिनाको अवधिमा कुल वार्षिक लक्ष्यको ३२ दशमलव ९४ प्रतिशत राजस्व संकलन गरेको हो ।

सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले चालु आवको पाँच महिनामा राजस्व संकलनमा कमी आएको जानकारी दिए । कार्यालयका अनुसार विदेशी वस्तु तथा सामानको आयात घटेसँगै राजस्व संकलन पनि प्रभावित भएको छ ।

चालु आवको साउनमा तीन अर्ब ७५ करोड, भदौमा चार अर्ब ६४ करोड, असोजमा चार अर्ब ३६ करोड र कात्तिकमा तीन अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन भएको कार्यालय जनाएको छ ।

यस्तै, मंसिरमा भने अन्य महिनाको तुलनामा सबैभन्दा कम अर्थात् ३ अर्ब २२ करोड ८४ लाख २९ हजार राजस्व संकलन भएको छ । कार्यालयले गत आवको पाँच महिनामा २१ अर्ब चार करोड १६ लाख ७३ हजार राजस्व संकलन गरेको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स