तिम्रो खवर सुन्छु

तिम्रो खवर सुन्छु मैले आजकाल उस्तो छैनौ
के भयो र जिन्दगीमा तिमी त्यस्तो होइनौ
भरोसा नै टुट्दो रैछ विश्वासमा ठेस लाउँदा
पत्याउननै गार्‍हो भा छ के के कुरा आउँदा।।

हिजोसम्म नजिक बन्ने आशा मैले राख्थे
तिम्लाई दु:ख पीडा हुँदा चट्टान बनी ढाक्थे
थाहै छैन तिम्ले अचेल कुन बाटो रोज्यौ
परिस्थिति मोडियो कि टाढै हुन खोज्यौ।।

तिम्रै लागी कति कति दु:ख पनि लिइयो
भलो तिम्रो होस् भनी सक्नेजति दिइयो
बुझेनौ कि तिम्ले त्यति मैले दिया साथ
ख्याति तिम्रो उच्च रहोस् नहोस् क्यै घात।।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स