आत्मीयता टुट्यो हाम्रो

आत्मीयता टुट्यो हाम्रो चिनजानी त बाँकी छ

मलाई माया गर्नेले त अन्तै माया लाकी छ

उता पनि नछुट्टिने बाचा कसम खाकी छ

जान्न पाए हुन्थ्यो हजूर कस्तो माया पाकी छ।

(निको छैन उसको चाल….. बुझ्या छैन मैले हाल!!)२

 

भुलाउने र फकाउने उसको कस्तो काइदा छ

धोका दिने मान्छेसँग टाढै हुँदा फाइदा छ

समयलाई चिनेर नै संसार उसले खाकी छ

देख्न पाए हुन्थ्यो हजूर आजकाल कस्ती भाकी छ।

(निको छैन उसको चाल….. बुझ्या छैन मैले हाल!!)२

 

पहिले पहिले लाग्थ्यो मलाई ऊ त मात्र मेरी हो

उसले माया देखाएको फाइदा लिँदा खेरि हो

फेर्ने बानी बस्यो उसको माया फेर्दै गाकी छ

कति माया गाँस्दै जान्छे हेर्न अझै बाँकी छ।।

(निको छैन उसको चाल….. बुझ्या छैन मैले हाल!!)२

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स