मभित्र नि तिम्रो जस्तै

मभित्र नि तिम्रो जस्तै सानो कोमल मन छ
दुस्ख पीडा परी आउँदा नरूने त कुन छरु

अटाउन नै गार्‍हो हुने वेदनाका पोका
कति रात साँचेको छु एक्लै एक्लै रोका
दुख्ने घाउ कोट्याइदिँदा मनै कठोर बन्छ
चोट साँच्न कठिन हुन्छ नलेऊ मनले भन्छ।।
मभित्र नि तिम्रो जस्तै……

तिम्रा जस्ता गुनासा त मेरा नि छन् धेरै
सुनाऊँ भने चित्त दुख्ला खुम्चेको छु थोरै
म तड्पेको म रोएको यहाँ कसले सुन्छ
कोमल मनमा चोट पर्दा एक्लै एक्लै रून्छ।
मभित्र नि तिम्रो जस्तै…….

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स