मेरो हो कि तिम्रो पो हो कसको भाग्य फुट्यो
यात्रा लामो होला भन्या बीच बाटोमै टुट्यो ।।
कति कुरा मनभित्रै गुम्सिएर पोका परे
पिरतीका फूलहरू गाँस्नै नपाई भुइँमा झरे।
धोका रह्यो सधैंलाई कर्म यसै फुट्यो
थाहै नपाई हाम्रो यात्रा बीच बाटोमै टुट्यो ।।
नियतिले यहाँ ल्यायो अझैं कहाँ लिन्छ
स्वीकार्नु नै कर्म भयो जे जे यसले दिन्छ ।
सपना रोपें फूलबारीमा खोई कस्ले चुड्यो
मेरो भाग्य भन्दाभन्दै अर्कै आई लुट्यो ।।