सेयर धितो कर्जासम्बन्धी व्यवस्थाको टाइमिङ गलत पर्योः पूर्व गभरर्नर डा.चिरञ्जिवी नेपाल

सेयर बजार संवेदनशिल हुन्छ । स–सानो सूचनाले पनि सेयर बजारलाई प्रभावित गर्छ । संसारभर मन्त्री, नियम निकायको नीतिले सेयर बजारलाई प्रभावित पार्ने गरेको छ । सेयर बजार तल माथि भइरहन्छ । अन्य क्षेत्रमा लगानीको वातावरण सिर्जना भइनसकेकाले सेयर बजारमा लगानी भइरहेको थियो । लगानीकर्ताहरु बैंकबाट कर्जा लिएर सेयरमा लगानी बढी रहेको छ । महामारीको समयमा सेयर बजार आम्दानीको राम्रो स्रोत पनि भएको छ ।

अर्थतन्त्र तंरिने अवस्थामा सेयरमा धेरै पैसा गयो भने प्राथमिकता प्राप्त क्षेत्रमा लगानी योग्य पुँजीको अभाव हुन नदिन राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाइ गरेको हो । अझै पनि कहिले अर्थतन्त्र तंरिन्छ भन्ने निश्चित छैन । कोभिडको तेस्रो, चौथो लहर आउने सम्भावना बाँकी छ । बजार अलि स्थिर भएको समयमा प्रकारको नीति ल्याउँनु पर्थ्यो । हिजोका दिनमा बैंकबाट पर्याप्त कर्जा लिएर पुँजी बजारमा लगानी बढाइएको छ । एकै पटक बार लगाइदिँदा लगानीकर्तालाई गाह्रो हुन्छ । केही समय दिनुपर्ने थियो । छोटो अवधि भयो । सेयर धितो कर्जाको सीमा कटाउनुपर्ने देखिएको थियो । राष्ट्र बैंकको नीतिको टाइमिङ गलत पर्यो ।

संसारभर सेयर बजारमा लगानी गर्न कर्जा दिन्छ । बजारलाई प्रोत्साहन गरिन्छ । तर कर्जाको सीमा थोरै हुन्छ । विदेशमा मार्जिन ल्यान्डिङ, ब्रोकर मार्फत यस्तो कर्जा दिइन्छ । हामीका सिँधै बैंक मार्फत् कर्जा प्रवाह हुन्छ । यसले गर्दा पनि राष्ट्र बैंकको नीतिले सेयर बजार प्रभावित हुन्छ ।

पुँजी बजारलाई प्रभाव पर्ने किसिमको नीति नियम धितोपत्र बोर्ड मार्फत् आउनु पर्ने हो । अहिले केन्द्रिय बैंकले नीति जारी गर्दा लगानीकर्ताहरु बढी आक्रोशित भएका हुन् । बजारको संवेदनशिलताको विषयमा धितोपत्र बोर्ड बढी जानकार हुन्छ । केन्द्रिय बैंकले समग्र अर्थतन्त्रको आधारमा नीति ल्याउने हो । केन्द्रिय बैंकले दीर्घकालीन अर्थतन्त्रलाई मध्य नजर गरेर नीति ल्याउँछ ।

साना क्षेत्रहरुमा असर गर्यो भन्ने कुराले केन्द्रिय बैंकको नीतिले ठूलो मान्यता दिँदैन । पुँजी बजारको सम्बन्धमा धितोपत्र बोर्डले नै अग्रणी भुमिका निर्वाह गर्नुपर्ने थियो । बोर्डले उपयुक्त समयमा सेयर बजारमा धेरै पैसा गयो यसलाई नियन्त्र गर्न आवश्यक कदम चाल्नु पर्यो भनेर केन्द्रिय बैंकसँग अनुरोध गर्नुपर्ने थियो । तर त्यसो भएको पाइएन । नियमनकारी निकायबीच समन्वयनको अभाव भएको देखियो ।

यस्तो नीति उपयुक्त समयमा आउनुपर्थ्यो । तर अहिले अलि हतार गरेर ल्याएको हो कि भन्ने अनुभुति भएको छ । बजार बढी रहेको समयमा, लगानीकर्ता उत्साहित भएको समयमा बजारलाई असर गर्ने नीति ल्याउँदा केही समस्या देखिएको छ । संवेदनशिल बजार भएकाले यसको प्रभाव देखिएको हो । पुँजी बजारमा लगानीकर्ता अर्बौ रुपैयाँ लगानी गरेका छन् । सेयर बजार बढ्न लाग्यो भनेर बढ्दो बजारमा लगानी गरेकाहरु अहिले मर्कामा परेका देखिन्छन् । उपयुक्त समयमा उपयुक्त निर्णय गर्नबाट राष्ट्र बैंक चुकेको देखियो ।

सेयर बजार विगतका दिनमा पनि बढेको थियो । आगामी दिनमा पनि बढ्ने छ । पहिला पनि सेयर बजार २ सयबाट १२ सय पुगेको हो । ११ सयबाट १८ सय ८१ पुगेको हो । पहिलो पटक सेयर बजार बढ्दा धितोपत्र बोर्डको अध्यक्ष थिए । दोस्रो पटक बजार बढ्दा गभरर्नर थिए । त्यस समय बढ्दै गएको बजारलाई प्रभावित गर्ने खालको नीतिगत निर्णय गरिएन । बजार स्थिर भएको समयमा बजारलाई व्यवस्थित गर्ने नीति अपनाइएको थियो ।

तर अहिले राष्ट्र बैंकले हतार गरेको हो कि भन्ने अनुभुति हुन्छ । यसमा राष्ट्र बैंकको नियत सकारात्मक नै देखिन्छ । उत्पादनमुलक क्षेत्रमा जानु पर्ने पैसा सेयरमा मात्र दिएर हुँदैन । उत्पादनमुलक क्षेत्र बढ्छ र सेयरमा जाने रकममा लगाम गर्न खोजिएको हो । तर टाइमिङ गलत पर्यो । मानिसहरु उत्साहित भएर घर, खेत बेचेर लगानी गरिराखेका छन् । राष्ट्र बैंकले बजारमा स्थिरता छाएपछि आफ्नो नीति प्रस्तुत गर्नुपर्ने थियो । तर त्यसो हुन सकेन ।

सेयर बजार घट्नु बढ्नुसँग केन्द्रिय बैंकको कुनै सरोकार हुँदैन । केन्द्रिय बैंकको सरोकार भनेको कुन क्षेत्रका पैसा गएको छ भन्ने हो । कुन क्षेत्रमा बढी गएको छ, कुन क्षेत्रमा कम गएको छ । अब कुन क्षेत्रमा जानुपर्ने हो, त्यो हेर्ने हो । अहिले पुँजी बजारमा बढी पैसा गएर सेयर बजार बढेको देखिएको छ । यसले गर्दा पनि राष्ट्र बैंकले सीमा लगाएको हो ।

सीमा लगाई हाल्नुपर्ने समय भएको थिएन । कोभिडको समयमा नेपालमा मात्र विश्वका अधिकांश सेयर बजार बढेको छ । लगानीको अर्को क्षेत्र नखुलेसम्म पुँजी बजारलाई लगाम कस्ने समय आइसकेको थिए । यसका लागि राष्ट्र बैंकले केही समय ध्यर्य गर्न सक्नुपर्थ्यो ।

डा. नेपालसँगको कुराकानीको सम्पादित अंश

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स