कोभिड–१९बाट विश्वसँगै नेपालको आर्थिक क्षेत्र समेत नराम्ररी प्रभावित भयो । पछिल्ला दुई आर्थिक वर्षदेखि लगातार ६ प्रतिशतभन्दा बढीदरको उच्चआर्थिक वृद्धि हासिल गरिरहेको नेपालको अर्थतन्त्रलाई कोभिडले ठूलो धक्कादियो । फलस्वरुप आर्थिक वर्ष २०७६/७७ को आर्थिक वृद्धि ऋणात्मक हुन पुग्यो ।
खासगरी स्थानीयरुपमा उत्पादन हुने खाद्यान्नको प्रयोगमा कमी र सरकारी राहत र अनुदानको खाद्यान्नमा निर्भरता बढ्दै गएका कारणले पनि थप समस्या सिर्जना भएको देखिन्छ । जसले गर्दा कुपोषणको संख्यामा समेत वृद्धि हुने निश्चित छ ।
कोभिडमहामारीले विश्वकोउत्पादन, वितरण तथा आपूर्ति चक्र विथोलियो, जसको गम्भीर असर नेपालको आपूर्ति प्रणालीमा समेत देखियो ।नेपालका विपन्नवर्ग महामारीबाट सवैभन्दा बढी प्रभावित भए । कोभिड महामारीले थप नागरिकलाई गरिबीको रेखामुनी धकेलिदिएको छ । खाद्यान्न संकटलगायत समस्या भोगिरहेका विपन्नवर्गको संख्या अझ बढेको छ । खासगरी स्थानीयरुपमा उत्पादन हुने खाद्यान्नको प्रयोगमा कमी र सरकारी राहत र अनुदानको खाद्यान्नमा निर्भरता बढ्दै गएका कारणले पनि थप समस्या सिर्जना भएको देखिन्छ । जसले गर्दा कुपोषणको संख्यामा समेत वृद्धि हुने निश्चित छ ।
कोभिड महामारी र त्यसको रोकथाम तथा नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका बेलामा केन्द्र, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारले शुरु शुरुमा कोभिड प्रभावितका लागि खाद्यन्न वितरण समेत गरे । तर, त्यो राहत पर्याप्त थिएन । सरकारले दिने राहतको पहँुचमा धेरै विपन्नवर्ग पुग्न सकेका थिएनन् ।
कोभिडले हजारौंको ज्यानलियो, लाखौंलाई गरिबीको रेखामुनी धेकेलि दियो, अर्थतन्त्रलाई नराम्ररी प्रभावित पा¥यो, उत्पादन र आपूर्ति शृङ्खला खलबल्याई दियो । यस्ता तमाम नकारात्मक प्रभावसँगै कोभिडले हामीलाई उत्पादन बढाउनुपर्ने, आत्मनिर्भर हुनुपर्ने तथा आपूर्ति शृङ्खला चुस्तदुरुस्त राख्नुपर्ने विषयमा ठूलो शिक्षा दिएको छ ।
आर्थिक गतिविधि प्रायःशून्यमा झरेको बेलामा सबै नेपालीमा खाद्य सुरक्षाको चिन्ता बढेको छ । खासगरी आयात तथा ढुवानी र वितरण प्रणाली प्रभावित हुँदा त्यसले खाद्य सामग्री आपूर्तिमा गम्भीर असार पार्ने र खाद्य सुरक्षामै संकट ल्याउने अनुभव हामीले कोभिडबाट सिक्न पायौं । त्यसैले, स्थानीय उत्पादनको वृद्धि तथा तिनको बजार पहुँच र उपभोगको बलियो प्रणालीको विकास गर्दै खाद्य सुरक्षाको ग्यारेण्टी गर्नैपर्ने देखिएको छ ।
कोभिडकै कारण ८० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारबाट फर्किए, जसका कारण नेपालमा रेमिट्यान्स आप्रवाह घट्न गयो । अबका दिनमा रेमिट्यान्स अझ घट्ने अवस्था देखिन्छ ।अर्कोतर्फ, सरकारले समेत पूँजीगत खर्च गर्न सकेको छैन । पुँजीगत खर्च गर्नै नसक्ने नेपालको पुरानो रोग जस्ताको त्यस्तै छ ।
कोभिडबाट उद्योग व्यावसायमा परेका प्रभाव
कोरोनभाइरस संक्रमण र त्यसको रोकथाम तथा नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण ९० प्रतिशत वा सोभन्दा बढी आर्थिक क्रियाकलाप ठप्प भए । धेरै उद्योग व्यावसाय बन्द भए । पर्यटन व्यवसाय त पूर्णरुपमा बन्द भयो । भौतिक एवं सामाजिक दूरी, लकडाउन, मानसिक त्रास र विशेषतःहोटल र एयरलाइन्स बन्दहुँदा पर्यटन क्षेत्र नराम्री प्रभावित हुन पुग्यो । अझै पनि पर्यटन क्षेत्रले आफूलाई लयमा ल्याउन सकेको छैन । विश्वबजारमा वस्तु र सेवा खरिद गर्ने उपभोक्ताको कमी भयो । समग्र उत्पादन र आपूर्ति श्रृंखला नै खल्बलियो । कोभिडकै कारण ८० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारबाट फर्किए, जसका कारण नेपालमा रेमिट्यान्स आप्रवाह घट्न गयो । अबका दिनमा रेमिट्यान्स अझ घट्ने अवस्था देखिन्छ ।अर्कोतर्फ, सरकारले समेत पूँजीगत खर्च गर्न सकेको छैन । पुँजीगत खर्च गर्नै नसक्ने नेपालको पुरानो रोग जस्ताको त्यस्तै छ । जसको असर समग्र अर्थतन्त्रमा परिरहेको छ ।
कोभिडले निर्माणाधीन परियोजनाहरुको लागत एवं निर्माण अवधि बढ्न गई आर्थिक भारसमेत थपिएको छ । नयाँ लगानी रोकिएको छ, लगानीकर्ताहरु अझै ढुक्क हुन सकेका छैनन् । उद्योग व्यवसाय बन्द भए तर प्रत्येक व्यवसायिक कार्यमा घरभाडा, तलब, भत्ता, बैंक ब्याज, कर, राजश्व, विद्युत एवं पानी महसूल आदिबन्दभएनन्, आम्दानीनभएपनिदायित्वभने रहिरह्यो ।यसले गर्दा उद्योगीव्यावसायीमानिराशावादी सोच समेत पैदा भयो ।
औद्योगिक उत्पादन तथा उपभोग्य वस्तुहरुको बजार खुम्चिएर तेस्रो मुलुकबाट हुने आयात घट्यो, मजदूर एवं यातायातको साधनको कमीले बढी ज्याला तथा ढुवानी भाडा तिर्न बाध्य भएको कारण आर्थिक भार बढ्ने स्थिति सिर्जना गरायो । यसरी कोभिडले मुलुकको अर्थतन्त्रका सम्पूर्ण अवयवहरुमा प्रभाव पा¥यो । उद्योग व्यावसाय, पर्यटन्, वैदेशिक रोजगारी र रेमिट्यान्स, रोजगारी, आयातनिर्यातलगायत सम्पूर्ण क्षेत्र प्रभावित भए । केही क्षेत्रले क्रमशः लय समाउन थालेका छन् । विस्तारै पुनरुत्थान हुन थालेका छन् । तर, अझै पनि कोभिडको प्रभाव धेरै देखिएको सरकारले पुनरुद्दारको ठोसनीति लिनुपर्छ ।
खाद्यआपूर्तिमा परेको प्रभाव
कोभिड कालमा नेपालको खाद्य आपूर्तिमा ठूलै समस्या सिर्जना भयो । खासगरी अनौपचारिक क्षेत्रमा काम गर्नेको श्रमिकहरु यस समस्याबाट सवैभन्दा बढी प्रभावित भए । नेपालमा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक र उनीहरुमा आश्रित परिवारको संख्या ठूलो छ । महामारीका बेला अनौपचारिक क्षेत्रका श्रमिकले आफ्नो आम्दानी गुमाए । जसले गर्दा उनीहरुलाई हातमुख जोर्नसमेत समस्या भयो । स–साना उद्यमव्यावसाय गरेर स्वरोजगारी गरिरहेकाहरु पनि यो समस्याबाट प्रभावित भए । कतिपय औपचारिक क्षेत्रमा कार्यरत श्रमिकले समेत तलब नपाएका कारण खाद्यान्न खरीद गर्ने क्षमतामा कमी आई समस्य भोग्नु प¥यो । यसर्थ, यस्ता महामारीका बेलामा खाद्य आपूर्ति चुनौतिपूर्ण हुने देखिायो ।
शहरी क्षेत्रमा उपभोक्ताको सञ्चित गर्ने प्रवृत्तिले गर्दा बन्दाबन्दीको शुरुका दिनहरुमा पसलहरु पुरै खाली भएको अवस्था देखिएको थियो । चाउचाउ, विस्कुट, चिउरा, पानीलगायत उद्योगहरुमा कार्यरत कामदारहरु गाउँ फर्केकाले उत्पादन बन्द हुन गई माग र आपूर्ति बिचको सन्तुलन बिग्रिएको थियो ।
आन्तरिक उत्पादन र आपूर्तिमा देखिएका समस्या
खाद्यान्नको डेलिभरी सुरक्षित साथ गर्नुपनि एउटा ठूलो चुनौति रहेको छ । स्वस्थ व्यक्ति मार्फत स्वास्थ्य मापदण्ड पालना गरेर आफ्नो र उपभोक्ताको स्वास्थ्यलाई समेत ख्याल राखि खाद्यान्न आपूर्ति गर्नु निकै चुनौतिपूर्ण थियो । कोभिडका बेला कृषि उपजलाई बजारसम्म ल्याउन समस्या भई खेतमा नै फाल्नुपर्ने अवस्था पनि थियो । दुग्ध एंव दुग्ध पदार्थको विक्रीमा ह्रास आइ डेरीले पशुपालक किसानबाट दुध खरिद गर्न बन्द गरे भने किसानहरु नराम्ररी प्रभावित भए । गलत अफवाह र हल्लाले बजारको मागमा असर गर्दा कुखुरापालन गर्ने व्यवसायीले ३ सय ६० रुपैयाँ प्रतिकेजीमा विक्री भइरहेको मासुको मूल्य घटाएर १ सय ६० रुपैयाँ प्रतिकेजीमा विक्री गर्नुपर्ने अवस्था आयो । जसले गर्दा उनीहरुको लागत समेत उठ्न सकेन ।
खरिदकर्ताको अभावले गर्दा ग्रामिण क्षेत्रमा उत्पादित अन्न, फलफूल तथा तरकारी खेतबारीमै फाल्नु प¥यो । ढुवानी साधनहरुमा बन्देज नभएपनि सवारी चालकहरुको अभावले गर्दा ढुवानी एंव आपूर्तिमा समस्याभई मूल्य वृद्धि भएको थियो । त्यसो त कतिपय व्यापारीहरुले यस अवस्थालाई अवसरको रुपमा लिई मूल्य वृद्धि गरेकोे पाइएको थियो । शहरी क्षेत्रमा उपभोक्ताको सञ्चित गर्ने प्रवृत्तिले गर्दा बन्दाबन्दीको शुरुका दिनहरुमा पसलहरु पुरै खाली भएको अवस्था देखिएको थियो । चाउचाउ, विस्कुट, चिउरा, पानीलगायत उद्योगहरुमा कार्यरत कामदारहरु गाउँ फर्केकाले उत्पादन बन्द हुन गई माग र आपूर्ति बिचको सन्तुलन बिग्रिएको थियो ।
आत्मनिर्भरता र खाद्यआपूर्तिको व्यवस्था
२०४५ सालमा भारतसँग व्यापार तथा पारवहन सन्धि नविकरण नहुँदा करीब १ वर्षभन्दा बढीसमय देशले नाका बन्दी भोग्नु परेको थियो । २०४६ सालको जनआन्दोलन, २०६३ सालको दोस्रो जनआन्दोलन र सोको लगतै मधेस आन्दोलन र २०७२ सालको भुकम्पले देश थलिएको अवस्थामापुनः नेपालमा भारतले अघोषित नाकाबन्दी ग¥यो । नाकाबन्दीका कारण अत्यावश्यक उपभोग्य वस्तुको समेत आपूर्ति हुन सकेन । त्यो कठिन समयमा सरकारी संस्थानले अनवरतरुपमा काम गरे र आमउपभोक्तालाई नुन लगायत दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्ति गर्न सके । संस्थानको उक्त अनुभव कोभिडका बेलासमेत काम लाग्यो । सोही अनुभवले गर्दासमेत यस माहामारीको बेलामा कर्पोरेशनले आफ्नो सेवालाई निरन्तरता दिई आम नेपाली उपभोक्तालाई सेवा दियो । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड लगायत निजी क्षेत्रले समेत यस विषम परिस्थितिमा आम उपभोक्तालाई सरल र सुलभ रुपमा खाद्यान्नको आपूर्ति गर्न जरुरी एंव दायित्व सम्झेर आफ्नो काम गरे र गरिरहेका छन् । इतिहास कै भयावह अवस्थामा आपूर्ति व्यवस्थालाई सहज राख्न निकै कठिन एंव चुनौतिपूर्ण भएपनि नेपालमा यसको व्यवस्थापन सहज एंव सफलतापूर्वक भईरहेको छ ।
नेपालको बजारको ९५ प्रतिशत हिस्सा किराना पसलहरुको छ । किराना पसलहरुले लकडाउनको समयमा राम्रोसँग सेवाप्रवाह गरी आमउपभोक्तालाई सेवाप्रदान गरेका छन् । कर्पोरेशनले विक्रीकक्षहरु नियमित रुपमा संचालन गरी विक्री वितरण सहज राखेको र काठमाण्डौ उपत्यकामा ५ वटा विक्री कक्ष मार्फत नियमित सेवाप्रदान गरेको छ । देशभर रहेका आफ्ना कार्यलयहरुको हाताबाट बिक्री गरिरहेको छ । घुम्ती भ्यानमार्फत टोलटोलमा स्थानीयको मागअनुसार आपूर्ति सहज गरेको छ । उक्त कार्य गर्दा स्वास्थ मापदण्डको पालना गर्दै आएको छ । डिलरहरुको माग वमोजिम सम्बन्धित क्षेत्रमा डेलिभरी व्यवस्था मिलाएको छ । नौ महिनाभन्दा बढी समयलाई पुग्ने नुनको स्टक राखेको छ । चामल, दाल एंवअन्यवस्तुहरुका आपूर्तिकर्ताहरुसँग निरन्तर सम्पर्क गरी सहज तरिकाले वस्तुको सोर्सिङ गरिएको छ । कर्मचारीहरुलाई उचित व्यवस्थापन गरी आपूर्ति थप सहज गराउन उत्प्रेरित गरिएको छ ।
प्याकेजिङमाकाम गर्ने कामदार, कुल्ली एवम् सम्पूर्ण कर्मचारीको कोभिड १९ बीमा गरिएको छ । फ्रण्ट लाईन कर्मचारीहरुलाई जोखिम भत्ता उपलब्ध गराइएको छ । नाकाबन्दी तथा महामारीले हामीलाई आत्मनिर्भर हुनु पर्ने पाठ समेत सिकाएको छ । खासगरी दैनिक उपभोग्य वस्तु जो यहीँ उत्पादन सम्भव छ, त्यसमा आत्मनिर्भर हुनुपर्छ । उत्पादन भएका वस्तुको बजार पहुँच बढाउनुपर्छ । उत्पादनदेखि आपूर्तिको चक्रलाई चुस्त र दुरुस्त राख्नुपर्छ ।
नेपाल चेम्बर्स अफ कमर्सको स्मारिका–२०७८ बाट साभार