उनले मलाई फूल दिए मैले उनलाई मन
फूल र मन साट्दा साट्दै बढ्यो आफ्नोपन।
फूल बरु ओइलाई जाने मन सधैं गाढा
अब हामी हुने होइन कहिल्यै पनि टाढा।
माया, प्रेम, हाँसो, खुशी भए हाम्रा साझा
आफ्नोपन सु-सम्वन्ध सधैं रहोस् ताजा।।
उनले मलाई फूल……….
फूल मात्रै कहाँ हो र मुटु पनि थियो
जीवनभरि माया गर्ने ननिभ्ने त्यो दियो।
माया प्रेम अटल रहोस् नबढोस् दुश्मनी
दुई मुटु एउटै धड्कन एउटै यात्रा पनि।।
उनले मलाई फूल……….