जिन्दगीले हरेक क्षण परीक्षा नि लिन्छ
अरूलाई पूर्णाङ्क मलाई शुन्य दिन्छ!!
शुन्यबाट शुरू गर्छु फेरि होला भनी
यात्रा जारी राख्नै पर्ने शुन्यै पाए पनि।
कर्म शुन्य भएपनि जिन्दगी त छ नि
हरेस नखाई अघिअघि बढेकै छु म नि।।
जिन्दगीले हरेक क्षण……….
सधैं शुन्य मेरो भागमा धाँदली भयो कि
मेरो भाग्य अर्कैकोमा सरेर गयो कि।
कहाँ जाऊँ कुन ठाउँ भाग्य मेरो खोज्न
शुन्यबाटै थालेको छु सुन्दर जीवन रोज्न।।
जिन्दगीले हरेक क्षण……….