राष्ट्र बैंकको नीतिका कारण लगानीकर्ता आहात भएका छन्ः लगानीकर्ता दिपेन्द्र अग्रवाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् सेयर बजारमा सकारात्मक प्रभाव पार्ने नीति प्रस्तुत नगरेपछि लगानीकर्तामा नैरश्यता छाएको छ । मौद्रिक नीतिको समिक्षामार्फत् राष्ट्र बैंक सेयर धितो कर्जाको ४÷१२ को सीमामा केही लचकता आउने लगानीकर्ता विश्वास थियो । तर, राष्ट्र बैंकले लगानीकर्ता भावना विपरित ४÷१२ र कर्जा तथा निक्षेप (सीडी) अनुपात यथावत राखेको छ ।

राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमार्फत् कार्यान्वयमा ल्याएको गलत नजिर पहिलो समिक्षामा संशोधन नहुँदा आम लगानीकर्ता आहात भएको लगानीकर्ता दिपेन्द्र अग्रवाल बताउँछन् ।

‘४/१२ को विषयमा राष्ट्र बैंक केही लचक हुने विश्वास थियो । तर, राष्ट्र बैंकले यस विषयमा केही सम्बोधन गरेन,’ लगानीकर्ता अग्रवालले भने, ‘यसले आम लगानीकर्तामा निरासा छाएको छ ।’

कारोनाको समयमा अन्य क्षेत्रमा लगानी गर्ने वातावरण नभएको अवस्थमा राष्ट्र बैंकले ४/१२ को नीति ल्याएर आम लगानीकर्ताको भावनासँग खेलेको उनको आरोप छ । पैसाको आपूर्तीलाई बढाएर वा घटाएर ब्याजदर नियन्त्रण गर्नु पर्ने हुन्थ्यो तर राष्ट्र बैंक उक्त कार्यमा चुकेको छ ।

‘तोकेर ब्याजदर नियन्त्रण हुन सक्दैन । खुल्ला अर्थ व्यवस्थामा यो गर्न मिल्दैन । यस्तो गर्नु नैतिक पनि हुँदैन । राष्ट्र बैंकको नीति गलत राष्ट्र बैंकले गलत नीति लिएको छ ।’ यसले मुलुकभरका लगानीकर्ता आहत भएको उनको भनाइ छ ।

पूँजी बजारलाई दीर्घकालीन रुपमा राम्रो हुने नीति अबलम्बन गर्नु पर्छ । बजार घट्बढ् हुनु स्वभाविक प्रक्रिया हो । राष्ट्र बैंकले बजार बढाउनेगरी नीति ल्याउनु पर्छ भन्ने हैन । तर, बजारलाई दीर्घकालीन रुपमा फाइदा हुने नीति भने ल्याउनु पर्नेमा उनले बताए ।

आफूसँग ५ अर्ब रुपैयाँ बराबरको सेयर त्यो धितो राखेर कर्जा लिन राष्ट्र बैंकले रोक्नु भएन । ‘त्यो मेरो मौलिक अधिकार हो,’ अग्रवालले भने, ‘सेयर धितो राखी प्रवाह हुने कर्जामा दिइने प्रतिशतलाई घटाउन राष्ट्र बैंकले सक्छ । ऋण नपाउने भन्ने व्यवस्थाले लगानीकर्ताको मौलिक अधिकार हनन भएको छ ।’

राष्ट्र बैंकको नीति हेर्दा बजार बन्द गर्ने जस्तो देखिन्छ । यदि बजार नहुने हो भने बैंक तथा बीमा कम्पनीमा १० रुपैयाँ पनि लगानी गर्ने मान्छे पाइदैन थियो । घर जग्गा तथा अनउत्पादक क्षेत्रमा विस्तार भइरहेको कर्जामा कर्डा गर्छु भनेर गभर्नरले विभिन्न फोरममा बताउनु भएको थियो । तर मौद्रिक नीतिमा त्यस सम्बिन्धी कुनै व्यवस्था गरिएको छैन ।

ब्याजदर र तरलतालाई नियन्त्रण गर्न नसक्ने तथा कोभिडबाट धरासायी भएको अर्थतन्त्र बचाउन नसकेकाले गभर्नर पूर्ण रुपमा असक्षम देखिएको उनको आरोप छ । संसारभर ४, ५ वर्ष अघि नै सीडी लागु भइसकेको थियो । नेपालमा सीडी रेसियो लगाउने टाइमिङ गलत भयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स