हाम्राअर्थको समाचार प्रभाव: आयल निगमको एमडी बन्न इच्छुक १६ जनालाई नै अन्तर्वाताको लागि बोलाइयो (सूचनासहित)

काठमाडौं । नेपाल आयल निगमको रिक्त रहेको कार्यकारी निर्देशक (एमडी) पदमा आवेदन दिनेमध्येबाट १६ जनालाई व्यवसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वाताको लागि बोलाएको छ । निगमको एमडीका लागि १७ जनाले इच्छा जाहेर गर्दै आवेदन दिएका थिए ।

हाम्रोअर्थमा समाचार प्रकाशन भएपछि आयल निगमको एमडी छनोटमा नयाँ नजिर बनेको हो । पहिला सर्टलिष्ट गरेरमात्रै सर्टलिष्टमा पर्ने उम्मेदवारले व्यवसायिक कार्ययोजना प्रस्तुत गर्ने अभ्यास थियो । अहिले त्यो अभ्यास तोडिएको छ । अब एमडीका लागि आवेदन दिने योग्यता पुगेका सबै जनाले आफ्नो क्षमता देखाउन पाउने भएका छन् । सबै आवेदकलाई यस्तो अवसर पहिलो पटक मिलेको हो ।

आरजु देउवाको ठाडो निर्देशनमा उमेशप्रसाद थानी, आयल निगमको एमडी बन्दै

विगतमा राजनीतिक नियुक्ती हुने स्थानमा उम्मेदवार छनोट समितिले आवेदनकर्तामध्येबाट प्रारम्भिक रुपमा ५ जनाको नाम छनोट गरिन्थ्यो । र, उनीहरुसँग व्यवसायिक कार्ययोजना प्रस्तुतीकरण माग गरिनुका साथै अन्तर्वाताका लागि बोलाइन्थ्यो । व्यवसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वाताका आधारमा ३ जना सर्ट लिस्ट गरिन्थ्यो । सर्ट लिस्टमा परेका ३ जनालाई सिफारिसका लागि मन्त्रिपरिषद्मा पठाइन्थ्यो । मन्त्रिपरिषद्ले एक जनाको नाम स्वीकृती गर्थ्यो ।

हाम्रोअर्थले आरजु देउवाको ठाडो निर्देशनमा उमेशप्रसाद थानी, आयल निगमको एमडी बन्दै भन्ने शीर्षकमा समाचार तयार पारेको थियो । उक्त समाचार अनुसार निगमको कार्यकारी निर्देशकमा ईन्जिनियर उमेशप्रसाद थानीलाई बनाउन प्रधानमन्त्री पत्नी आरजु देउवा लागि परेकी छिन् ।

साथै समाचारमा सर्ट लिस्टमा पर्ने ५ जनाको नाम पनि किटान गरिएको थियो । हाम्रोअर्थले लेखेको समाचार अनुसार सर्ट लिस्टमा मन्त्रालयका जीवनप्रकाश सिटौला, प्राडा लक्ष्मण पौडेल, पूर्व सहसचिव चण्डीप्रसाद भट्ट र आनन्दप्रसाद चन्द रहेका छन् ।

हाम्रोअर्थको समाचार प्रभाव स्वरुप सरकारले यस अघि गर्ने राजनीतिक नियुक्ती गर्ने नजिर नै परिवर्तन गरेको छ ।

सर्टलिस्टमा परेका ५ व्यक्तिमध्ये प्राडा लक्ष्मण पौडेल, जीवनप्रकाश सिटौला र उमेशप्रसाद थानीको नाम सिफारिसका लागि मन्पिरिषद्मा लग्ने आरजुको योजना थियो । आरजु देउवाको महत्वकाशंक्षामा वाणिज्य सचिव दिनेश भट्टराईले भाँझो हाल्न सक्ने ठानेर उनलाई सरुवा गरिएको छ ।

वाणिज्य मन्त्रालयले आवेदकलाई फागुन ८ गतेदेखि ११ गतेसम्म व्यवसायिक कार्ययोजना प्रस्तुतीको लागि समय निर्धारण भएको छ भने अन्तर्वाताको लागि फागुन १२ गतेदेखि १६ गतेसम्म समय निर्धारण गरेको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/02/Accepted.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स