कालापानी नाभी, कुटीको समेत जनगणना गर्ने गरी खटाइएका गणक आज छारुङ पुगेर तथ्यांक लिने

काठमाडौं । कालापानी, नाभी, कुटी लगायतका क्षेत्रको समेत जनगणना गर्ने गरी खटाइएका गणक टोलीका सदस्यहरु आज छाङरु पुग्ने भएका छन् । दार्चुलाको व्यास गाउँपालिका– १ स्थित छाङरु लगायतका गाउँ जनगणनाका लागि जनगणना कार्यालय दार्चुलाका प्रतिनिधिसहित दुईजना गणकलाई शुक्रबार दार्चुला जिल्ला सदरमुकामबाट त्यसतर्फ पठाएको थियो ।

उक्त टोली शनिबार दुम्लिङमा बास बसेको र उनीहरुसँग सोमबार बिहान ८ बजे थीं भन्ने स्थानको डाँडामा पुगेकाले टेलिफोन सम्पर्क भएको र उनीहरुले आज मंगबा।सम्म हाल नेपालको प्रशासनिक नियन्त्रणमा रहेको छाङरु पुग्ने जानकारी गराएका दार्चुलाका जिल्ला जनगणना अधिकृत पदमराज पाण्डेले बताए ।

नेपालतर्फको बाटो निकै असहज भएको र बाबियोको झयाङ समाउँदै भीर पहरामा हिँड्नु पर्ने भएकाले जनगणना सकेर फर्कन चिप्लो र ओरालोमा समस्या हुने हुँदा केलिकोप्टरको आश गरिएको उहाँले बताए । ुजाँदा उकालो भएकाले गणहरु जसोतसो पुग्न सक्छन् । तर, फर्कदा धेरै थाकेका हुने हुँदा हेलिकोप्टर पठाए उनीहरुलाई सहज हुने थियो,’ पाण्डेले भने उनीहरूले छाङरु पुगेपछि फोन आउँछ ।’

कात्तिक २५ गतेदेखि सुरू भएको राष्ट्रिय जनगणना २०७८ अब चार दिन मात्र बाँकी रहेको छ । निर्धारित समयमा ढिलाइ भएको र भारतले अनुमति दिन ढिलाइ गरेपछि नेपालकै बाटो हुँदै त्यसतर्फ टोली पठाएको दार्चुलाका प्रजिअ सिद्धराज जोशी बताए ।

दार्चुलाको व्यास गाउँपालिका– १ बडाका गुन्जी, कुटी र नाभी गाउँका करिब ३२० परिवारका एक हजार जनाको गणना हुनेछ । देशभरको गणना गर्नुपर्ने भएकाले त्यस क्षेत्रमा पनि तोकिएकै मितिमा गणना सक्ने गरी सहजीकरण गरेर काम अघि बढाएको तथ्यांक विभागका निर्देशक तथा तथ्यांक शाखा प्रमुख ढुण्डिराज लामिछानेले बताए ।

विभागले सातवटै प्रदेश कार्यालय, ८७ वटा जिल्ला जनगणना कार्यालय र ३५० वटा स्थानीय जनगणना कार्यालय सञ्चालन गरेर जनगणनाका लागि देशभर ३९ हजार गणक कार्यक्षेत्रमा खटिएका छन् । जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । गोरखापत्र

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स