नेपाल लाइफ इन्स्योरेन्सको लगानी उच्च जोखिममा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बीमितबाट उठाएको रकम उच्च जोखिममा पारेको देखिएको छ । इन्स्योरेन्स कम्पनीले आफ्नो पुँजी जोखिमयुक्त क्षेत्रमा लगानी गरेको पाइएको हो । वित्तीय जोखिम न्यूनीकरण गर्न लगानीलाई विविधिकरण गर्नु पर्नेमा नेपाल लाइफ इन्स्योरेन्सले सो गरेको पाइएको छैन ।

वित्तीय जोखिम न्यूनीकरण गर्न बीमा समितिले बीमा कम्पनीहरूलाई न्यूनतम १२ क्षेत्रमा लगानी गर्न निर्देशन दिएको छ ।

तर, नेपाल लाइफ इन्स्योरेन्सले भने ८ वटा क्षेत्रमा मात्र लगानी गरेको छ । र, एउटा क्षेत्रमा मात्रै ८० प्रतिशतसम्म लगानी गरेको कम्पनीको वित्तीय प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बीमा कम्पनीहरूले वित्तीय जोखिमको सामना गर्नु पर्ने अवस्था आउन सक्छ भनेर एउटा क्षेत्रमा मात्र धेरै लगानी नगर्नु भनेको बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडले बताए ।

‘धेरै बीमा कम्पनीहरूले मुद्दती निक्षेपमा पैसा राख्ने गरेका छन् । समितिले त्यस्तो नगर्न बारम्बार निर्देशन दिइरहेको छ,’ पौडेलले भने, ‘निर्देशन नमान्ने कम्पनीहरूलाई कारवाही गरिने छ ।’ पछिल्लो समय बीमा समितिले निर्देशन नमान्ने कम्पनीहरू माथि कारबाही तीव्र पारेको छ ।

समितिले आफ्नो निर्देशन नमान्ने एक दर्जन कम्पनीलाई गत महिना कारबाही गरिसकेको छ ।

समितिले लगानीका लागि क्षेत्र नै तोके पनि नेपाल लाइफ इन्स्योरेन्सले भने नियामक निकायले गरेको निर्देशनलाई लत्याएर आफू खुशी लगानी गरेको हो । कम्पनीलेबीमा समितिको निर्देशनको विपरित एउटै क्षेत्रमा लगानी थुपारेको छ । उसले बीमा समितिको निर्देशन विपरित लगानीमा विविधिकरण गरेको छैन ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म नेपाल लाइफ इन्स्योरेन्सले १ खर्ब ५७ करोड ४७ लाख रुपैयाँ लगानी गरेको छ । उक्त लगानीमध्ये नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै लगानी ‘क’ वर्गको बैंकको मुद्दती निक्षेपमा रहेको छ ।

नेपाल लाईफ इन्स्योरेन्सले मुद्दती निक्षेपमा ७९ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ राखेको छ । यो भनेको नेपाल लाइफ इन्स्योरेन्सको कुल लगानीको ८० प्रतिशत हो । बीमा समितिले बीमा कम्पनीहरूलाई मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत लगानी गर्न निर्देशन दिएको छ ।

ब्लू चिपको ट्याग गुमाउँदै नेपाल लाइफ इन्स्योरेन्स

यस्तै उत्पादन मुलुक क्षेत्र मानिने कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधार क्षेत्रमा भने कम्पनीको लगानी न्यून देखिन्छ । तर, नेपाल लाइफ इन्स्योरेन्सले कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधार क्षेत्रमा कुल लगानीको १ अर्ब ७९ करोड ५३ लाख रुपैयाँ अर्थात् जम्मा १.७८ प्रतिशत मात्र लगानी गरेको छ । यो क्षेत्रमा बीमा कम्पनीहरूले अधिकतम २० प्रतिशतसम्म लगानी गर्न पाउँछन् ।

सबैभन्दा धेरै ब्याज आउने ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा नेपाल लाइफ इन्स्योरेन्सको लगानी रहेको छैन ।

अन्य क्षेत्रमा नेपाल लाइफ इन्स्योरेन्सले कुल लगानी मध्ये १५ करोड ३० लाख रुपैयाँ अर्थात् १.५३ प्रतिशत रहेको छ ।

नेपाल सरकारको बचत तथा ऋण पत्रमा न्यूनतम ५ प्रतिशत लगानी गर्नु पर्नेमा छ । जसमा १० करोड रुपैयाँ अर्थात् १ प्रतिशत मात्र लगानी छ ।

नेपाल लाइफ इन्स्योरेन्सले घर जग्गामा पनि लगानी गरेको छैन । उक्त क्षेत्रमा बढीमा ५ प्रतिशतसम्म लगानी गर्न पाइन्छ ।

सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा बढीमा १० प्रतिशत लगानी गर्न पाइन्छ । कम्पनीको लगानी ४ अर्ब ६ करोड ९६ लाख रुपैयाँ अर्थात् ४ प्रतिशत रहेको छ ।

क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर र ऋणपत्रमा बढीमा २० प्रतिशत लगानी गर्न पाइन्छ । कम्पनीको ३ अर्ब ४१ करोड १६ लाख रुपैयाँ रहेको छ । यो भनेको कुल लगानीको ४.४१ प्रतिशत हो ।

सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिभेन्चरमा बढीमा २० प्रतिशत लगानी गर्न पाउनेमा कम्पनीले लगानी गरेको छैन ।

म्यूचअल फण्ड र नागरिक लगानी कोषमा बढीमा ५ प्रतिशत गर्न पाउनेमा १६ करोड ४ लाख रुपैयाँ रहेको छ । यो भनेको १.६१ प्रतिशत लगानी हो ।

ख वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा बढीमा २० प्रतिशत लगानी गर्न पाइनेमा कम्पनीले ११ अर्ब ४० करोड रुपैयाँ लगानी गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स