आरजु देउवाको ठाडो निर्देशनमा उमेशप्रसाद थानी, आयल निगमको एमडी बन्दै

काठमाडौं । प्रधानमन्त्री पत्नी आरजु देउवाको ठाडो निर्देशनमा नेपाल आयल निगमको कार्यकारी निर्देशक (एमडी) चयन हुने भएको छ । आरजुले आफू निकट ईन्जिनियर उमेशप्रसाद थानीलाई निगमको एमडीमा नियुक्त गर्ने तयारी गरेका हुन् ।

अधिकांश घाटामा जाने अर्थात सरकारी अनुदानबाट चल्दै आएको आयल निगमका लागि सक्षम व्यक्तिको चयन भन्दा पनि बालुवाटारमा बढी भेटी चढाउनेलाई अवसर दिने परम्परालाई देउवा सरकारले प्राथमिकतामा अझ बढी देखिएको छ ।

समानान्तर निर्माण सेवाका अध्यक्ष अच्युतप्रसाद खरेलको सिफारिसमा आरजुले थानीलाई एमडी बनाउन लागेकी हुन् । निर्माण व्यवसायी खरेल आरजुका निकट व्यक्ति हुन् । थानीलाई निगमको एमडीमा नियुक्त गर्नका लागि आवश्यक चाजोपाँजो मिलाउने काम खरेलले लिएका हुन् ।

नेपालको ‘क’ वर्गको निर्माण कम्पनीका अध्यक्ष खरेल र इन्जिनियरहरुको राजनीतिमा सक्रिय थानी मिल्ने साथी हुन् । इन्जिनियर थानीका सहकर्मीहरु भौतिक पूर्वाधार, सहरी विकासलगायत विकासे मन्त्रालयका उच्च पदमा आसिन छन् ।

कर्मचारी साथीहरुबाट प्राप्त सूचनाका आधारमा थानीले खरेललाई विभिन्न ठेक्का हात पार्न सहयोगी भूमिका निर्वाह गर्दै आइरहेका छन् । खरेल आफ्ना हितैषी आयल निमगको एमडीमा नियुक्त गरेर थानीको गुन तिर्न चहान्छन् ।

त्यसका लागि खरेलले आरजुसँगको लबिङ तीव्र पारेका छन् । आरजुले पनि खरेलकै मान्छेलाई निगमको एमडीमा नियुक्त गर्ने आश्वसन दिएको स्रोतले हाम्रोअर्थलाई जानकारी दिएका छन् ।

मुलुकको प्रधानमन्त्रीका रुपमा शेरबहादुर देउवा रहेका समयमा सरकारबाट हुने अधिकांश राजनीतिक नियुक्ती आरजुकै जोड बलमा हुने गरेको छ । त्यसैले पनि खरेलले आरजुसँगको मजबुट सम्बन्धलाई प्रयोग गरेर आफ्ना साथी थानीलाई निगमको एमडी नियुक्त गर्न खोजिरहेका छन् ।

आरजुको सिफारिसमा थानीलाई निगमको एमडी बनाउन प्रधानमन्त्री देउवा पनि सकारात्मक देखिन्छन् । निगमको रिक्त रहेको एमडी पदका लागि १७ जनाले आवेदन दिएका छन् ।

पुस २५ गतेदेखि माघ १६ गतेसम्म निगमको एमडीका लागि इच्छुक र योग्यता पुगेका व्यक्तिसँग आवेदन माग गरिएको थियो । निगमको रिक्त रहेको एमडी पदका लागि माग गरिएको आवेदनलाई प्रक्रियागत ढंगबाट अघि बढाउन खोजिएको जस्तो नाटक पनि सुरु भइसकेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एमडी बन्न इच्छा जाहेर गरेका व्यक्तिमध्येबाट ५ जनाको नाम सिटलिष्ट गरी सोमध्येबाट ३ जनाको नाम मन्त्रिपरिषद्मा अनुमोदनका लागि सिफारिस गर्नेछ ।

आयल निगमको एमडीमाको सटलिष्टमा पर्नेहरूका मन्त्रालयकै सहसचिव चण्डीप्रसाद भट्ट र आनन्दप्रसाद चन्द रहेका छन् । सहसचिव भट्ट यसअघि ओली सरकारको पालामा विशेष आर्थिक क्षेत्र (सेज) मा बसेर काम गरिसकेका छन् भने अहिले पनि तालुक मन्त्रालय कै सहसचिवको रुपमा रहेका उनी अवसर खोज्दै आयल निगमको एमडीको पदमा नियुक्त लिने तयारीका साथ आवेदन दिएका छन् । यद्यपि उनको पावर भने यतिबेला फितलो बनेको छ ।

निगम एमडीका अर्का दावेदार आनन्द चन्द अख्तियार अनुसन्धान आयोगका आयुक्त जयवहादुर चन्दका निकट हुन् ।

हाम्रोअर्थ स्रोतका अनुसार मन्त्री परिषद्को सिफारिसमा पर्ने ३ जना व्यक्ति पनि अहिले तय भइसकेका छन् । मन्त्रीपरिषद्को सिफारिसमा पर्ने अन्य दुई व्यक्तिमा प्रा.डा लक्ष्मण पौडेल र जीवनप्रकाश सिटौला रहेका छन् ।

को हुन् थानी

थानी राजनीतिक रुपमा कांग्रेसमा आस्था राख्ने व्यक्ति पनि हुन् । उनी काँग्रेस इन्जिनियरहरुको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)का अध्यक्ष हुन् । साथै उनी काँग्रेसीहरुको समर्थनमा नेपाल इन्जिनियर एशोसियन अफ नेपालका महासचिव पनि भइसकेका छन् ।

पुल्चोक क्यामपसबाट इन्जिनियरिङ गरेका थानी नेविसंघको तर्फबाट स्वभ्यू सभापती पनि भइसकेका व्यक्ति हुन् । साथै राजनीतिक नियुक्तबाट उनी विद्युत प्राधिकरण र सडक बोर्डमा सञ्चालक सदस्य पनि भइसकेका छन् ।

प्रतिक्रिया

1 COMMENT

  1. MD… जो भय पनि नेपाल आयल निगमको घाटाको कारण पत्ता लगाउन सकेन र जनता लाई बुझाउन सक्ने हुनु पर्छ। आखिर जनता ले त पैसा तिरेर नै तेल, पेट्रोल, गैस चलाय का छन । कुलमान, प्रेम आले, प्रेम सन्जेल जस्तो रोलमोडल जनताको सामने आउँछन् भने अहिले को सरकार को ठुलो उपलब्धि हुनेछ।🌹🙏🌹

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स