नेपालको अर्थतन्त्रको लागि एमसीसी महत्वपूर्णः एफएनसीसीआई अध्यक्ष गोल्छा

काठमाडौं । नेपालको अर्थतन्त्रको लागि अमेरिकी मिलेनिअम च्यालेन्स कर्पोरेसन (एमसीसी) महत्वपूर्ण भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १२ औं वार्षिक साधारणसभामा आज (बुधबार) एफएनसीसीआईका अध्यक्ष गोल्छाले नेपालको अर्थतन्त्रका लागि एमसीसी महत्वपूर्ण भएको बताएका हुन् ।

‘एमसीसीलाई निरुत्साहित मात्रै गर्ने हो भने ठूलो अवसर गुम्छ । अति राष्ट्रवादमा गएर हाम्रो अर्थतन्त्रलाई नै संकुचुती गर्ने काम गर्नु हुँदैन,’ गोल्छाले भने, ‘खासगरी राष्ट्रको समृद्धिलाई संकुचित हुने गतिविधि गर्नु हुँदैन ।’

यस्ता महत्वपूर्ण आयोजनालाई प्रोत्साह गर्नु पर्ने गोल्छाले बताए ।

एमसीसीको कुरा गर्दा साथीहरुले के स्वार्थ छ भनेर सोध्नु हुन्छ । उद्योग वाणिज्य महासंघको नेतृत्व गर्दा आफूले अरु स्वार्थ लिन नमिल्ने उनले स्पष्ट पारे । आफ्नो एक मात्र स्वार्थ भनेको देशको समृद्धि हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स