कर्मचारीको बोनसका लागि बैंकहरुले छुटाए ५ अर्ब, कुन बैंकको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले आफ्ना कर्मचारीको बोनसका लागि ५ अर्ब २५ करोड १७ लाख ८८ हजार रुपैयाँ छुटाएका छन् । बैंकहरुले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कर्मचारीको बोनसका लागि ५ अर्ब २५ करोड १७ लाख ८८ हजार रुपैयाँ छुटाएका हु्न् ।

बैंकहरुले आफ्नो दोस्रो त्रैमासिक वित्तीय विवरणको आधारमा कर्मचारीका लागि बोनस छुटाएका हुन् । बोनस ऐनअन्तर्गत रोजगारदाता प्रतिष्ठानले कुन नाफाको १० प्रतिशत बोनस कर्मचारीलाई दिनुपर्ने प्रावधान छ । उक्त प्रावधान अनुसार बैंकहरुले कर्मचारीलाई बोनस वितरण गर्छन् ।

अधिकांश बैंकहरुले कुल नाफाबाट कर्मचारीलाई वितरण गर्नुपर्ने बोनसलाई किस्ता किस्तामा वितरण गर्छन् । केही बैंकहरुले आर्थिक वर्ष समाप्तपछि प्राप्त आम्दानीको आधारमा साउनको दोस्रो साताभित्र र केही बैंकहरुले दशैंमा र वार्षिक साधारणसभामा बोनस वितरण गर्छन ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २६ वटा बैंकहरुले कर्मचारीको तलबको ४८ प्रतिशतसम्म बोनस छुटाएका छन् । बोनस जोडर १८ महिनासम्मको तलब पाउने भएकाले बैंकको जागिरलाई आकर्षण मान्ने गरिन्छ ।

चालु आवको पहिलो ६ महिनामा स्टाफलाई बोनस दिनेमा प्राइम बैंक शीर्ष स्थानमा रहेको छ । बैंकले २६ करोड ७७ लाख ५० हजार रुपैयाँ बोनस दिएको छ । बैंकको कुल कर्मचारी खर्चको ४८.५ प्रतिशत बोनस हो । बैंकको कर्मचारी खर्च ५५ करोड २२ लाख ७४ हजार रुपैयाँ छ ।

http://६ महिनामा बैंकहरुले कर्मचारीलाई २८ अर्ब तलब दिए, कुन बैंकका कर्मचारीले कति तलब पाए ?

कर्मचारीलाई धेरै बोनस बाँड्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक दोस्रो स्थानमा रहेको छ । बैंकले ६ महिनाको अवधिमा २५ करोड ७८ लाख २९ हजार रुपैयाँ बोनस बाँडेको छ । बैंकको कुल कर्मचारी खर्च ५७ करोड ३४ लाख ८६ हजार रुपैयाँ छ । बैंकले कर्मचारीको तलबको ४५ प्रतिशत बोनस दिएको छ ।

कर्मचारीलाई धेरै बोनस बाढ्नेमा स्ट्यान्डर्ड चाटर्ड बैंक तेस्रो स्थानमा रहेको छ । बैंकले कुल कर्मचारी तलबको ३९.४ प्रतिशत बोनस बाढेको छ । बैंकले ६ महिनामा १७ करोड २५ लाख रुपैयाँ बोनस दिएको छ । बैंकले कर्मचारीको तलमा ४३ करोड ७३ लाख ५८ हजार रुपैयाँ खर्च गरेको छ ।

ग्लोबल आईएमई बैंकले ३०.३८ प्रतिशत, नबिल बैंकले २९.७ प्रतिशत, सिटिजन्स बैंकले २९.६ प्रतिशत, सानिमा बैंकले २७.३ प्रतिशत, मेगा बैंकले २६.८ प्रतिशत, एनएमबी बैंकले २६.४ प्रतिशत र एनआईसी एसिया बैंकले २५.७ प्रतिशत बोनस कर्मचारीलाई दिएका छन् ।

बैंकहरुको ६ महिनाको वित्तीय विवरण अनुसार कुमारी बैंकका कर्मचारीले सबैभन्दा कम बोनस पाउने देखिएको छ । बैंकका कर्मचारीले कुल तलबको १३.६ प्रतिशत बोनस पाउने छन् ।

यस्तो बैंकका कर्मचारीको बोनस दर

 Bank  Bonus  Staff Expenses  Bonus/Staff Expenses  Rank
Prime        267,750                        552,274 48.5% 1
Nepal Investment        257,829                        573,486 45.0% 2
Standard Chartered        172,503                        437,358 39.4% 3
Global IME        408,887                     1,328,543 30.8% 4
Nabil        346,302                     1,166,845 29.7% 5
Citizens        195,196                        658,347 29.6% 6
Sanima        168,136                        616,218 27.3% 7
Mega        222,572                        830,088 26.8% 8
NMB        269,377                     1,021,020 26.4% 9
NIC Asia        381,280                     1,485,705 25.7% 10
Century        114,629                        468,621 24.5% 11
Nepal Credit & Commerce        140,757                        595,546 23.6% 12
Rastriya Banijya Bank        304,683                     1,308,695 23.3% 13
Nepal Bangladesh        118,795                        510,273 23.3% 14
 Siddhartha        252,404                     1,105,173 22.8% 15
Laxmi        125,805                        624,541 20.1% 16
 Machhapuchchre        160,449                        820,689 19.6% 17
Bank of Kathmandu        110,841                        602,644 18.4% 18
Agricultural Dev        231,901                     1,269,893 18.3% 19
Nepal SBI        124,251                        681,385 18.2% 20
Everest        133,162                        734,375 18.1% 21
 Nepal Bank        187,328                     1,112,007 16.8% 22
 Prabhu        204,584                     1,260,465 16.2% 23
Sunrise        118,378                        751,886 15.7% 24
Civil          81,359                        581,546 14.0% 25
Kumari        152,629                     1,118,618 13.6% 26
Himalayan                 –                                – #N/A
Total      5,251,788                   22,216,242 23.6%

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स