बैंकिङ कसूरमा फरार महिला पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी महिला पक्राउ परेकी छिन् । तनहुँ भानु नगरपालिका १३ स्थायी हाल काठमाडौं महानगरपालिका ४ हाडीगाँउ बस्ने ४५ वर्षिय शोभा गुरुङ बैंकिङ कसूरमा पक्राउ परेकी हुन् ।

गुरुङले आफनो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी जाहेरवलालाई झुक्याउन २०७५ साउन १५ गते एनआइसी एशिया बैंकको चेक काटेर दिएकी थिइन् ।

उनले बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गर्दै उच्च अदालत पानबाट २०७७ असार १ गते गुरुङकको हकमा बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम (४) दिन कैद र २० लाख रुपैयाँ जरिवाना हुने फैसला भएको छ ।

केन्द्रीय अनुसान्धन ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले निज प्रतिवादीलाई ललितपुरको कुपण्डोलबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि मंसिर ९ गते ललितपुर जिल्ला अदालमा पेश गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स