स्मार्ट लाइसेन्सको पर्खाइमा हुनु हुन्छ ? अझै पर्खिनु होस् ३ महिना

काठमाडौं । सवारी चालक अनुमपति पत्र (स्मार्ट लाइसेन्स)को पर्खाइ अबको ३ महिनामा पूर्ति हुने भएको छ । यातायात व्यवस्था विभागले लाइसेन्स छाप्नका लागि आवश्यक स्मार्ट कार्ड आपूर्तिका लागि फ्रान्सको कम्पनी ‘सेल्प’ लाई अख्तियारी दिइसकेको छ । विभागका महानिर्देशक नमराज घिमिरिले १४ लाख स्मार्ट कार्ड आपूर्तिका लागि सेल्पसँग असोज ८ गते सम्झौता भएको जानकारी दिए । सेल्पले अबको ३ महिना भित्रमा विभागलाई स्मार्ट कार्ड आपूर्ति गर्नेछ ।

‘कम्पनीले अबको ३ महिना भित्रमा विभागसँग प्रयाप्त मात्रमा स्मार्ट कार्ड उपलब्ध हुनेछ । कार्डको अभावले गर्दा माग अनुसारको स्मार्ट लाइसेन्स वितरण गर्न सकिएको छैन । आपूर्तिकर्ता कम्पनीसँग खरिद सम्झौता भइसकेको छ ।’

स्मार्ट कार्ड विभागमा आएको दिनदेखि प्रिन्टगरी लाइसेन्स वितरण थाल्ने उनले बताए ।

स्मार्ट कार्ड खरिदका लागि विभागले २०७७ मंसिरमै सेप्ललाई छनोट गरेको थियो । विभागले भारतीय कम्पनी मद्रास सेक्यूरिटीबाट खरिद गरिएको प्रिन्टर र सफ्टवेयरबाट स्मार्ट लाइसेन्स छपाई गर्दै आइरहेको छ । नेपाल स्मार्ट लाइसेन्स २०७२ सालदेखि शुरु भएको हो ।

उक्त समयदेखि नै मद्रासकै प्रिन्टर, सफ्टवेयर र स्मार्ट कार्डबाट लाइसेन्स छपाई हुँदै आएको थियो । अहिले भने फ्रान्सेली कम्पनी सेल्पको स्मार्ट कार्डबाट लाइसेन्स छपाइ गर्ने प्रक्रिया अघि बढेको छ ।

कुनै पनि कम्पनीको स्मार्ट कार्ड प्रयोगमा ल्याउनु अघि डाटा पर्सनलाइजेसन, कार्डको ल्याब परीक्षण गर्ने गरिन्छ । कोभिड-१९ को कारण आपूर्तीकर्ता सेल्प नेपाल आउन केही ढिलाइ पनि भएको थियो ।

महानिर्देशक घिमिरेका अनुसार विभागसँग स्मार्टकार्डको स्टक लकभग समाप्त भइसकेको अवस्था छ । हाल विभागले स्टक रहेको कार्ड अत्यावश्यक सेवाग्राहीका लागि मात्र उपलब्ध गराउँदै आएको छ । अध्ययन, रोजगारी, शान्ति मिसनलगायत कामका लागि विदेश जानेहरुले आवश्यक कागजात पेश गरेर यस्तो लाइसेन्स पाउँदै आएका छन् ।

ट्रयाल परीक्षा पास भएका र नविकरणका लागि आवेदन दिएका ६ लाखभन्दा धेरै स्मार्ट लाइसेन्स लिन बाँकी रहेको घिमिरेले जानकारी दिए ।

स्मार्ट कार्डको आपूर्ति भइसके पछि ३ सिफ्टमा काम गरेर भए पनि लाइसेन्स पाउँन बाँकी सबैलाई स्मार्ट लाइसेन्स उपलब्ध गराउने उनको दावी छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स