नाडा अध्यक्षमा डिल नै डिलः यसरी भइरहेको छ सेटिङ, सहमति खोजिए पनि दुबै प्यानल अडानमा

काठमाडौं । अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएशनको चुनाव नजिकिएसँगै उम्मेदवारहरू देश दौडाहमा लागेका छन् ।

अध्यक्षका प्रत्यासी धु्रव थापा देशका विभिन्न स्थानमा पुगेर आफ्नो प्यानललाई जिताउन लागि परेका छन् भने चुनावी मैदानमा आफूलाई ‘कर्पोरेट हाउस’ को प्रतिनिधि भन्न रुचाउने करण चौधरीको प्यानलले आज बेलुका ३.३० बजे भव्य कार्यक्रमकाबीच उम्मेदवारी घोषणा गर्दैछ । थापा प्यानलले भोलि यसरी नै बिहीबार नाडा इलेक्शनको लागि प्यानल घोषणा गर्ने तयारी गरेको छ ।

उम्मेदवारहरू आ–आफ्नो प्यानललाई जिताउन लागेसँगै अफ नेपालमा अहिले चुनावी गर्मी बढेको छ । मंसिर २२ र २३ गते ४५ औँ साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि चुनाव हुन लागेको हो ।

यद्यपि नाडाको चुनावमा लोकतन्त्रको मूल्य मान्यताभन्दा पनि सेटिङमा हुने देखिएको छ । आफूलाई व्यवसायी घराना भन्न रुचाउने व्यवसायीनै सिण्डिकेट गरेर तीन/चार कार्यकालमा समेत को अध्यक्ष भन्ने भनेर नाम नै तय गरिसकेका छन् ।
साना तथा मझौला व्यवसायीका प्रतिनिधि भन्न रचाउने थापाको प्यानल देशव्यापी रुपमा लागि रहँदा ठूलो औद्योगिक घरानाहरू भने करण चौधरी पछिको कार्यकालमा राजनबाबु श्रेष्ठ तथा सुनिल रिजालमध्ये एकलाई अध्यक्ष बनाउने सेटिङमा रहेका छन् ।

रिजाल हाल महासचिव छन् । उनी करण चौधरी प्यानलबाट उपाध्यक्ष बन्ने लाइनमा छन् । अब सुरेन्द्र उप्रेतीलाई महासचिव बनाउने तयारी भइरहेको छ । आगामी कार्यकालमा राजनबाबु श्रेष्ठ उपाध्यक्ष कै उम्मेदवार बन्ने देखिएको छ ।

सुजुकी मोटर्सको नेपालका लागि आधिकारीक बिक्रेता सीजी होल्डिङसका निर्देशक चौधरी नाडाको वर्तमान कार्यसमितिमा उपाध्यक्ष हुन् । फोर्स मोटर्सको पोखरा डिलरवाला थापा अघिल्लो कार्यसमितिमा नाडाका उपाध्यक्ष थिए ।
ठूला कर्पोरेट हाउस कता ?

नाडा चुनावी मिति नजिकिएसँगै चुनावाी मैदानमा दुई उम्मेदवारबीच प्रतिष्पर्धा देखिएको भएपनि ठूला कर्पाेरेट हाउसहरु पूर्णत विभाजित बनेका छन् ।

चौधरीलाई टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ, अशोक लेलेण्डको आईएमई, हिरोको नेपाल जनरल मार्केटिङ, महिन्द्राको अग्नि इन्कर्पोरेटिड, यामाहाको आधिकारीक बिक्रेता एमएडब्ल्यु इन्टरप्राइजेजको साथ रहेको छ ।

थापा प्यानललाई दुगड समूह, वैद्य अर्गनाइजेसन, जगदम्बा ग्रुप, विशाल ग्रुप, केडीया अर्गनाइजेसन, लक्ष्मी समूह, आईएमई समूह, अग्नी समूह, ज्योति समूह, पञ्चकन्या ग्रुपआदि जस्ता घराना व्यवसायीहरुको समर्थन रहेको छ ।
दुबै प्यानल प्रदेश प्रदेश नै आफ्नो पक्षमा पार्ने होडबाजीमा लागेका छन् ।

हालसम्म मताधिकारमा दुबै प्यानलमा बराबर

नाडामा कुल ३२ सय मतदाता छन् । हालसम्म करण चौधरीले एक हजार १७ सय मतको मताधिकार लिइसकेका छन् । थापाले पनि एक हजार १३ सय मतको मताधिकार पाएका छन् । बाँकी रहेको मतदाताबाट चुनावी परिमाण तय हुने देखिएको छ ।

चुनावी सरगर्मी बढेपछि ठूला घराना खुलेर आफ्नो प्यानलाई जिताउने लागि परेपनि साना व्यवसायी भने अझै खुल्न सकेका छैनन् । सो कारण उनीहरूको मत नै परिमाणात्मक मत बन्ने र नाडाको नेतृत्व चयन हुने देखिएको छ ।

उनीहरू अझै दुविधामा छन्, कसलाई भोट खसाल्ने भनेर । जसले ती व्यवसायीलाई रिझाउन सक्छ उनीहरूले नै दुई प्यानलमध्ये एकलाई भोट खसाल्ने बुझिएको छ । नाडाको विधानले सम्बन्धित मतदाताबाट अनुमति लिएर प्रतिनिधी मार्फत भोट हाल्न पाइने व्यवस्था छ ।

सर्वसम्मतिको अभ्यास
नाडाका हालमा अध्यक्ष पुष्प दुलाल सर्वसम्मतिबाट अध्यक्ष बनेका थिए । अहिले पनि चुनावमा जानुभन्दा सर्वसम्मतिबाट नेतृत्व चयन गर्ने भनिएपनि दुबै उम्मेदवार हालसम्म प्यानल सहित अघि बढेको अवस्था छ । यस्ता संस्थाहरूमा राजनीति गर्नुभन्दा सहमतिमा नेतृत्व चयन गर्न उपयुक्त हुने भन्दै उम्मेदवारहरू हिडेपनि व्यवहारमा भने यो लागू हुन सकेको छैन ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स