काठमाडौं । उद्योगहरुको बक्यौता रहेको भन्दै विद्युत लाइन काटेको विषयमा उर्जा मन्त्री दीपक खड्का उद्योगीको मर्म बुझ्नुपर्ने पक्षमा छन् । उनले विद्युत प्राधिकरण्का कार्यकारी निर्देशक कुलमान घिसिङलाई पटक पटक यस विषयमा लचिलो बन्न भनिरहेका छन् ।
तर सर्वसाधारणको विश्वास पाएर पब्लिक फिगर बनाएका कुलमान घिसिङ मन्त्री मन्त्रै हैन, प्रधानमन्त्रीसँग समेत निडर देखिएका छन् ।
उद्योगीको त कुरा नै सुन्न रुचाउँदैनन् । उद्योगीहरु भेट्न जाँदा समेत उनी मोवाइल चलाएर व्यस्त भएझै बसिरहन्छन् ।
तीनै कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कर्मचारी युनियनसँग सुरुमा राम्रो सम्बन्ध नभएकामा पर्थे । सुरुमा उनलाई काममा केहि अफ्ठ्यारो समेत बनाएको थियो युनियनले । तर युनियनसँग विविध निर्णय गर्न सहज होस् भनेर पछिल्लो सयम राम्रो सम्बन्ध बनाएका छन् ।
अहिले कुलमान घिसिङले युनियनको राय लिएर अघि बढ्ने गरेका छन् । जसकारण युनियनले पनि घिसिङलाई पूर्ण रुपले सहयोग गर्दै आएको छ ।
मंगलबार मन्त्रीपरिषद्को बैठकमा समेत पछिल्लो समय विद्युतको लाइन प्राधिकरणले काटेको विषयमा कुरा उठेको थियो ।
अब सरकारले कुनै कदम चाल्न सक्ने आँकलनमा घिसिङ र युनियनले छलफल गरेको प्राधिकरण स्रोतले जनाएको छ ।
सोहि छलफल पछि आज युनियनमा आवद्ध प्राधिकरणका कर्मचारीहरु उर्जा मन्त्री दीपक खड्कालाई भेट्न पुगेका छन् ।
उनीहरुले पत्र बुझाउँदै लाइन जोड्न तिर हैन, बक्यौता उठाउनतिर सरकार केन्द्रित हुनुपर्ने बताएका हुन् ।
प्राधिकरणका दुईवटा कर्मचारी युनियनले बुधबार मन्त्री खड्कालाई पत्र लेखि बक्यौता महसुलको किस्ता तिर्न सुरु नगरेको अवस्थामा लाइन जोड्ने निर्णय नगर्न भनेका छन् ।
प्राधिकरणको राष्ट्रिय कर्मचारी युनियन र कर्मचारी कल्याण परिषद्ले पत्र बुझाएका हुन् ।
डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल विवादलाई स्थायीरुपमा समाधान गर्नका लागि सहजीकरण गर्न भनिएको छ ।
डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल बक्यौता रकम नबुझाई लाइन जोडिएमा संघर्षका कार्यक्रम समेत तय गर्ने पत्र माफर्त् बताएका हुन् ।