पहिलो त्रैमासको आधारदर: अधिकांश बैंकको घट्यो, कुनको कति ?

काठमाडौं । अधिकांश वाणिज्य बैंकको आधारदर घटेको छ । पहिलो त्रैमासमा आधारदर २० वटै बैंकमा घटेको हो ।

कर्जा प्रदान गर्दा आधारदरमा प्रिमियमदर जोडिन्छ । प्रिमियमदर कर्जाको प्रकृति र बैंक हेरेर फरक पर्छ । आधारदर कम हुने बैंकको कर्जाको ब्याजदर सस्तो पर्न जान्छ ।

जसकारण ऋणीले बैंकको आधारदरलाई समेत हेरेर कर्जा लिने गर्छन् । बैंकले प्रिमियम परिवर्तन गर्न नपाउने व्यवस्था छ । आधारदर परिवर्तन भएको खण्डमा भने ऋणको ब्याजदर पनि परिवर्तन हुन्छ ।

असोज महिनामा सबै भन्दा कम आधारदर स्ट्यान्डर्ड चार्टर्ड बैंकको रहेको छ भने सबै भन्दा उच्च आधारदर एनआइसी एशिया बैंकको रहेको छ ।औषतमा ७.११ प्रतिशत आधार दर कायम भएको छ ।

कुन बैंकको आधारदर कति छ ?

स्ट्यान्डर्ड चार्टर्ड ५.७१

नेपाल एसबिआई ७.७२

एभरेस्ट ६.८०

नबिल ७.०३

हिमालयन ८.३५

एनएमबि ७.४९

कुमारी ७.४९

नेपाल बैंक ६.७२

कृषि विकास बैंक ७.०७

प्रभु ७.६७

सानिमा ७.२४

प्राइम कमर्सियल ७.९२
लक्ष्मी सनराइज ७.७९

एनआइसी एसिया ८.३७

राष्ट्रिय वाणिज्य बैंक ६.१५

माछापुच्छ्रे ७.६१

ग्लोबल आइएमई ७.२९

नेपाल इन्भेष्टमेन्ट मेगा ७.०८

सिटिजन्स ७.२९

सिद्धार्थ ७.५७

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स