फरवार्ड माइक्रो फाइनान्सको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । फरवार्ड माइक्रो फाइनान्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीले संस्थापक सेयरधनी साना किसान विकास लघुवित्तको नाममा रहेको ३४ हजार ८२०.६५ कित्ता सेयर लिलाम मार्फत बिक्रीमा राखेको हो ।

उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीलगायत अन्य व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५४२ रुपैयाँ निर्धारण गरिएको छ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आगामी मंसिर १२ गतेसम्म आवेदन दिन सक्नेछन् । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स