दुई महिनामा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल, अन्यको के छ अवस्था ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो २ महिनामा २० अर्ब २१ करोड रुपैयाँ नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको नाफा १६ अर्ब ६४ करोड रुपैयाँ थियो ।

बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक वर्षसम्ममा ५२ खर्ब ३१ अर्ब रुपैयाँ नाफा कर्जा लगानी गरेर सो नाफा कमाएका हुन् ।

सो नाफामध्ये वाणिज्य बैंकहरूले १७ अर्ब ६९ करोड रुपैयाँ नाफा कमाएका हुन् । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वाणिज्य बैंकहरूको यस्तो नाफा ९ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएका छन् ।

त्यसैगरी चालु आर्थिक वर्षमा विकास बैंकको नाफा १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ भने फाइनान्स कम्पनीको नाफा ८७ करोड रुपैयाँ रहेको छ ।

सबैभन्दा बढी नाफा कमाउने बैंक नबिल

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नबिल बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । बैंकले साउन र भदौ महिनामा १ अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएको हो ।

नाफा बढी कमाउने दोस्रो बैंक ग्लोबल आईएमई बैंक बनेको छ । बैंकले चालु आर्थिक वर्षको १ अर्ब ५६ करोड रुपैयाँ नाफा कमाएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको पहिला २ महिनामा १ अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएको छ भने हिमालय बैंकले १ अर्ब १६ करोड रुपैयाँ नाफा गरेर बढी नाफा कमाउने चौथो बैंक बनेको छ ।

कुमारी बैंकले पनि यो अवधिमा १ अर्ब ८५ लाख रुपैयाँ नाफा गरेर नाफा बढी कमाउने पाँचौ बैक बनेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स