काठमाडौँ । चालू आर्थिक वर्षको तीन महिना अवधीमा १५ अर्ब बढी वैदेशिक लगानी प्रतिवद्धता भित्रिएको छ । साउन, भदौ र असोज महिनामा १५ अर्ब ५५ करोड रुपैयाँको प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ ।
तीन महिना अवधीमा २०४ वटा उद्योगमा लगानी प्रतिवद्धता आएको हो ।
विभागका अनुसार चालू आर्थिक वर्षको असोज महिनामा मात्रै ३ अर्ब ४५ करोड रुपैयाँको वैदेशिक लगानी प्रतिवद्धता आएको हो । ५५ वटा उद्योगमा लगानी प्रतिवद्धता आएको हो ।
प्रत्यक्ष विदेशी लगानी कम्पनीमा असोज महिनामा मात्र १५ सय ४० कर्मचारी रोजगारमा प्रतिबद्ध भएका छन् । त्यसैगरी साउन देखी असोज सम्मको तथ्याङ्कलाई हेर्दा ६ हजार ५ सय ४३ ले रोजगार पाएका छन् भने आर्थिक वर्षको सुरुवात देखी असोज मसान्त सम्ममा ३ लाख ३६ हजार १ सय ६४ रोजगारमा आबद्ध भएका छन् ।
चालू आर्थिक वर्षमा वैदेशिक लगानी प्रतिवद्धता धेरै भित्रिने अपेक्षा गरिएको छ ।
गत बैशाखमा नेपालमा विदेशी लगानीकर्ताहरुको सम्मेलन आयोजना गरेको थियो ।
करिब २ हजार पाँच सय जनाको जमघट गराएर दुई दिने सम्मेलन आयोजना भएको थियो ।
सम्मेलनमा आठ सय भन्दा बढी विदेशी प्रतिनिधिको सहभागिता थियो । सम्मेलनका क्रममा आशयपत्र माग गरिएका १९ र मार्केट साउन्डिङ (लगानीकर्ताको प्रतिक्रिया संकलन) ९ परियोजनासहित कुल १५४ परियोजना प्रस्तुत गरिएको थियो। आशयपत्र पेश गर्न लगानीकर्तालाई ऊर्जा परियोजनाको हकमा ४५ दिन र गैर–ऊर्जा परियोजनाको हकमा ३५ दिनको समय प्रदान गरिएको छ ।
लगानी प्रवद्र्धनको उद्देश्य राखेर भएको सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको आयोजक नेपाल सारकारले समेत दाबी गरेको थियो । जस अनुसार अब लगानी प्रतिवद्धता बढ्नपर्ने अपेक्षा छ ।
लगानी प्रवद्र्धनको लागि आयोजना भएर र लगानी आह्वान गर्दै सम्मेलन सम्पन्न भएको जानाकारी गराइएको थियो।